
दार्जिलिङ, 03 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले भाजपा कुनै एकल नेताको पार्टी होइन भन्दै भाजपा कार्यकर्ता र जनताको पार्टी रहेको बताएका छन्। उनले आज एउटा सांगठनिक सभालाई सम्बोधन यसो भनेका हुन्।
उनले भने, 'अबको सरकार जनताको सरकार हो, कूनै एकल नेताको होइन। मेराे पछि लागेर केही हुँदैन, म जस्ताे कार्यकर्ता भाजपामा लाखौं छन्। भाजपा कार्यकर्ता र जनताको पार्टी हो।'
उनले भाजपा केवल एउटा राजनीतिक दल होइन, यो 'राष्ट्रहित सरोपरि' को विचारमा विश्वास गर्ने अभियान हो भनी बताए। उनले भने, 'हाम्रो लक्ष्य राष्ट्र निर्माण, समाजको सशक्तिकरण र प्रत्येक सामान्य नागरिकको सेवामा समर्पित हुनु हो। भाजपा केवल नेताहरूले बनाएको पार्टी होइन, यो लाखौं कार्यकर्ता, समर्थक र आम जनताको विश्वास, समर्पण र योगदानले निर्माण भएको जनताको पार्टी हो।'
हिन्दुस्थान समाचार / हनोक