
खरसाङ, 03 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यू चिया बगानमा चलिरहेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन मिरिकमा सडक अभियान गर्ने भएको छ। लङ्भ्यू अनशन स्थलबाट आज युवा साथै आन्दोलनकारी श्रमिकहरूले मिरिक क्षेत्रका जनसाधारणलाई श्रमिक आन्दोलनप्रति सहयोग गरिदिन अपील गरे।
यस क्रममा संयोजिका सेमिका लामा, श्रमिकहरू दुवै कविता पाख्रीन र विन्दिया थापाले आज पत्रकार सम्मेलन गर्दै भोलि आफूहरू मिरिक क्षेत्रको भ्रमणमा रहने जानकारी गराएका छन्। मिरिक झिल परिसरमा आफूहरूको विविध प्रकारका कार्यक्रम रहेको जनाउँदै उनीहरूले लङ्भ्यू श्रमिक आन्दोलन प्रति ऐक्यबद्धता जनाइदिन अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक