
नयाँ दिल्ली, 0४ जुलाई (हि.स.)। केन्द्र सरकारले प्याजको खरिद मूल्य १३ प्रतिशतले वृद्धि गर्दै प्रतिक्विन्टल २,१२५ रुपियाँ पुर्याएको छ। यस निर्णयबाट प्याज किसानले राम्रो प्रतिफल पाउने तथा बफर स्टकका लागि हुने खरिदलाई थप सुदृढ़ बनाउने अपेक्षा गरिएको छ। नयाँ खरिद मूल्य ४ जुलाईदेखि लागू भएको छ।उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार,ट केन्द्र सरकारले 'प्राइस स्टेबिलाइजेसन बफर' (मूल्य स्थिर राख्नका लागि तयार गरिने भण्डार) का लागि प्याजको खरिद मूल्य १३ प्रतिशतले बढाएको हो। यसअघि प्रतिक्विन्टल १,८७५ रुपियाँ रहेको मूल्य अब २,१२५ रुपियाँ कायम गरिएको छ।मन्त्रालयका अनुसार, सरकारको मूल्य स्थिरीकरण बफरका लागि भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ लिमिटेड (नाफेड) र भारतीय राष्ट्रिय सहकारी उपभोक्ता संघ लिमिटेड (एनसीसीएफ) मार्फत प्याज खरिद भइरहेको छ। नयाँ खरिद मूल्यले किसानको आम्दानी बढाउनुका साथै बफर स्टक निर्माणलाई पनि थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।यसैबीच, कृषि तथा किसान कल्याण विभाग को आर्थिक वर्ष २०२५-२६ को दोस्रो अग्रिम अनुमानअनुसार प्याज उत्पादन ३०७.३७ लाख मेट्रिक टन हुने अनुमान गरिएको छ, जुन आर्थिक वर्ष २०२४-२५ को ३०७.६७ लाख मेट्रिक टन उत्पादनसँग लगभग बराबर हो।मन्त्रालयले उत्पादनको यो अनुमानलाई आधार मान्दै हाल प्याजको समग्र उपलब्धतामा कुनै चिन्ताजनक अवस्था नरहेको जनाएको छ। यद्यपि, मौसमी कारणले मूल्यमा सामान्य उतारचढाव आउन सक्ने उल्लेख गरिएको छ। साथै, महाराष्ट्र, मध्य प्रदेश र गुजरातमा पर्याप्त परिमाणमा प्याज भण्डारण रहेकाले हाल प्याजको अभाव हुने कुनै संकेत नरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
हिन्दुस्थान समाचार / बिशाल