
नयाँ दिल्ली, 0४ जुलाई (हि.स.)। भारत र इजरायलबीचको द्विपक्षीय निवेश सम्झौता (बीआईए) शनिबारदेखि औपचारिक रूपमा लागू भएको छ। दुवै देशका सरकारले ८ सेप्टेम्बर, २०२५ मा नयाँ दिल्लीमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।
भारतको वित्त मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा ८ सेप्टेम्बर, २०२५ मा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको भारत-इजरायल द्विपक्षीय निवेश सम्झौता ४ जुलाईदेखि कार्यान्वयनमा आएको जनाएको छ। मन्त्रालयका अनुसार, यस सम्झौताले सीमापार निवेश वृद्धि गर्न तथा भारत र इजरायलबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ़ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
मन्त्रालयले बीआईएलाई द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ़ गर्ने तथा सुरक्षित र पूर्वानुमानयोग्य निवेश वातावरण सुनिश्चित गर्ने दिशामा ऐतिहासिक कदमको रूपमा व्याख्या गरेको छ। यस सम्झौताको उद्देश्य दुवै देशबीच सुरक्षित निवेशको वातावरण सिर्जना गर्नु, सीमापार निवेशलाई प्रोत्साहन गर्नु तथा आर्थिक साझेदारीलाई अझ गहिरो बनाउनु रहेको छ।
वित्त मन्त्रालयका अनुसार, बीआईएले निवेशकर्ता र उनीहरूको निवेशको सुरक्षाका लागि सुदृढ़ व्यवस्था गरेको छ। साथै, सार्वजनिक हितसँग सम्बन्धित वैध नीतिगत उद्देश्यहरू कार्यान्वयन गर्न प्रत्येक देशको सार्वभौम नीतिगत अधिकार सुरक्षित रहने गरी आवश्यक लचकता पनि प्रदान गरिएको छ। सम्झौताले अन्तररराष्ट्रिय निवेश कानुनका आधुनिक सिद्धान्त तथा विकसित हुँदै गएको न्यायिक अभ्यासलाई पनि समेटेको मन्त्रालयले जनाएको छ।
भारत-इजरायल द्विपक्षीय लगानी सम्झौताको पूर्ण प्रतिलिपि भारतको वित्त मन्त्रालयअन्तर्गत आर्थिक मामिला विभागको वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जानकारी दिएको छ।
हिन्दुस्थान समाचार / बिशाल