यूजरनेम फिचरबारे सरकारले टेलिग्राम र सिग्नलसँग पनि स्पष्टीकरण माग्यो, आईफोन १८ प्रोको कथित डाटा लिकबारे पनि जाँच
यूजरनेम फिचरबारे सरकारले टेलिग्राम र सिग्नलसँग पनि स्पष्टीकरण माग्यो, आईफोन १८ प्रोको कथित डाटा लिकबारे पनि जाँच


नयाँ दिल्ली, 0४ जुलाई (हि.स.)। केन्द्र सरकारले मेसेजिङ प्लेटफर्म टेलिग्राम र सिग्नल को यूजरनेम फिचरसँग सम्बन्धित ठगी तथा नक्कली पहिचानको सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै दुवै कम्पनीसँग स्पष्टीकरण मागेको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले दुवै कम्पनीलाई नोटिस जारी गर्दै उक्त फिचरसँग सम्बन्धित सुरक्षा उपायहरू तथा यसको आवश्यकताबारे जानकारी मागेको हो।

मिडिया रिपोर्टअनुसार, मन्त्रालयले टेलिग्रामसँग यूजरनेम फिचरलाई निरन्तर सञ्चालन गर्नुको आवश्यकता के हो र यससँग सम्बन्धित सम्भावित साइबर जोखिम रोक्न कम्पनीले कस्ता सुरक्षा व्यवस्था गरेको छ भन्नेबारे सोधेको छ। त्यसैगरी सिग्नलसँग पनि यस विषयमा विस्तृत जानकारी मागिएको छ।

सरकारले हालै मेटालाई भारतमा व्हाट्सएप को नयाँ यूजरनेम फिचर तत्काल लागू नगर्न निर्देशन दिएपछि यो कदम चालिएको हो। सरकारले कम्पनीलाई तीन दिनभित्र उक्त फिचरसँग सम्बन्धित विस्तृत जानकारी उपलब्ध गराउन तथा छलफल सम्पन्न नभएसम्म यसलाई लागू नगर्न भनेको छ।

व्हाट्सएपले आफ्नो जवाफमा यूजरनेम फिचरमा नक्कली पहिचान तथा अनलाइन ठगीको जोखिम कम गर्न आवश्यक सुरक्षा संयन्त्रहरू समावेश गरिएको जनाएको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्नो मोबाइल नम्बर साझा नगरी केवल अद्वितीय (युनिक) यूजरनेमको माध्यमबाट एकअर्कासँग सम्पर्क गर्न सक्नेछन्।

यसैबीच, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव एस. कृष्णनले सरकारले अझै सार्वजनिक नभएको आईफोन १८ प्रोसँग सम्बन्धित कथित डाटा लिकको पनि अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार, टाटा इलेक्ट्रोनिक्सबाट कथित रूपमा चोरी भएका दस्तावेजहरूको घटनाबारे अनुसन्धान जारी रहेको छ र सम्बन्धित तथ्यहरूको विस्तृत छानबिन भइरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande