सोरेङ जिल्लाबाट 15 परिवार भाजपामा सामेल
सोरेङ जिल्लाबाट 15 परिवार भाजपामा सामेल


गान्तोक, 05 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किममा विभिन्न राजनीतिक दलहरू त्यागेर सामेल हुने क्रम जारी रहेको छ। यस क्रममा आज सोरेङ जिल्लाबाट 15 परिवार भाजपामा सामेल भएको दाबी गरिएको छ।

भाजपा सिक्किम मिडिया प्रकोष्ठका अनुसार, प्रदेश अध्यक्ष डीआर थापाको सोरेङ जिल्ला पार्टी कार्यालय भ्रमण अवधि आज सोरेङ जिल्लाको रिन्चेनपोङ र दरामदिन निर्वाचन क्षेत्रबाट 15 परिवार भाजपामा सामेल भए। यस अवसरमा प्रदेश महासचिव, जिल्ला अध्यक्ष तथा पार्टीका वरिष्ठ पदाधिकारीहरू पनि उपस्थित थिए। नयॉं सदस्यहरूलाई प्रदेश अध्यक्ष र अन्य पदाधिकारीहरूले स्वागत जनाए।

सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले भाजपाको राष्ट्रियता, सुशासन, समावेशी विकास र जनसेवाको विचारधारामाथि प्रकाश पारे। उनले नयाँ सदस्यहरूलाई समर्पणका साथ काम गर्न, तल्लो तहमा पार्टीलाई बलियो बनाउन र सिक्किमका जनताको कल्याण र प्रगतिका लागि लक्षित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गरे।

उनले नयाँ परिवारहरूको प्रवेशले सोरेङ जिल्लामा भाजपाको संगठनात्मक उपस्थितिलाई अझ बलियो बनाउने बताए। उनले जनताको सेवा गर्ने पार्टीको अभियानमा इमानदारी र प्रतिबद्धताका साथ योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande