असममा बाढीको अवस्था तीव्र रूपमा सुधार हुँदै
असम बाढ़ः राष्ट्रीय स्वयंसेवक संघ एवं विचार परिवार के द्वारा प्रभावितों के बीच चलाए जा रहे राहत एवं सेवा कार्यों का दृश्य


गुवाहाटी, १५ अगस्त (हि.स.)। असममा बाढीको अवस्था तीव्र रूपमा सुधार भइरहेको छ। राज्यका सबै नदीहरू अहिले खतरा चिन्हभन्दा तल बगिरहेका छन्। बाढी प्रभावित मानिसहरू राहत शिविरबाट आफ्ना घर फर्किन थालेका छन्। सरकारले प्रभावितहरूको सहयोगका लागि सम्भव सबै प्रकारको सहायता उपलब्ध गराइरहेको छ। विशेषगरी सडक तथा बाटोहरूको मर्मत, हिलो हटाउने कार्य र विद्यालयहरूको सरसफाई तथा मर्मतको काम तीव्र गतिमा भइरहेको छ।

असम राज्य आपदा प्रबन्धन प्राधिकरण (एएसडीएमए) का अनुसार १४ अगस्तसम्म सबै नदीहरू खतरा चिन्हभन्दा तल बगिरहेका छन्। यद्यपि, शिवसागर जिल्लामा शुक्रबार थप एक शव फेला परेपछि बाढीका कारण मृत्यु हुनेको संख्या १०५ पुगेको छ।

बाढी प्रभावित जिल्लाहरूमा नगाउँ, गोलाघाट, शिवसागर, कामरूप, होजाई, जोरहाट र लखीमपुर रहेका छन्। यी सात जिल्लाका २० राजस्व मण्डलअन्तर्गतका कुल ३१३ गाउँ प्रभावित भएका छन्। हाल राज्यभरि ७८ हजार ६३७ जना अझै पनि बाढीबाट प्रभावित छन् भने ८ हजार २६८.७१ हेक्टर कृषि भूमि अझै पानीमुनि डुबेको छ।

राहत तथा उद्धार कार्यमा एसडीआरएफ, डीडीआरएफ, प्रहरी, अग्निशमन सेवा लगायतका निकायहरू सक्रिय रूपमा खटिएका छन्। यसै क्रममा शुक्रबार राज्य सरकारले बाढी प्रभावित क्षेत्रमा ४४ वटा स्वास्थ्य टोली परिचालन गरेको छ। साथै, पाँचवटा डुंगा राहत कार्यमा परिचालन गरिएका थिए।

बाढीका कारण ठूलो परिमाणमा सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। तिनको मर्मत तथा पुनःस्थापनाका लागि सरकारले निरन्तर समीक्षा बैठक गर्दै अवस्थाको मूल्याङ्कन गरिरहेको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तथा राज्य सरकारका विभिन्न मन्त्रीहरूले अधिकारीहरूसँग नियमित बैठक गरी प्रभावित नागरिकहरूको सहयोगका लागि आवश्यक सबै कदम चालिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande