हिंसात्मक नक्सली शक्ति कमजोर भयो, वर्षौँसम्म सत्तामा रहेका ‘बौद्धिक नक्सली’ अझै अवसरको खोजीमा छन् : प्रधानमन्त्री मोदी
लालकिले से 80वें स्वतंत्रता दिवस के अवसर देशवासियों को संबोाधित करते प्रधानमंत्री


नयाँ दिल्ली, १५ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै हिंसात्मक नक्सली शक्तिहरू कमजोर भइसकेको तर वर्षौँसम्म सत्तामा रहेका “बौद्धिक नक्सली” हरू अझै अवसरको खोजीमा रहेको बताएका छन्।

स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्ता तत्वहरू अराजकता फैलाउने बाटो खोजिरहेको र समाजलाई गलत दिशातर्फ लैजान विभिन्न उपाय अपनाइरहेको आरोप लगाए। उनले यस्ता शक्तिहरूलाई पहिचान गरी समाजबाट अलग राख्न तथा देशका युवाहरूलाई विकसित भारत निर्माणको अभियानसँग जोड्न आह्वान गरे।

प्रधानमन्त्रीले सन् २०१४ मा नक्सलवाद अन्त्य गर्ने संकल्प लिइएको स्मरण गराउँदै त्यसपछि नक्सल प्रभावित क्षेत्रहरूको अवस्था उल्लेखनीय रूपमा परिवर्तन भएको बताए। उनले ती क्षेत्रहरूमा अहिले हिंसा होइन, विकासको आवाज सुनिन थालेको उल्लेख गरे।

मोदीले पश्चिम एशियामा उत्पन्न संकटका क्रममा केही व्यक्तिहरूले देशमा डर र त्रास फैलाउन खोजेको पनि बताए। तर विगत १०-१२ वर्षमा गरिएका योजनाबद्ध तयारीहरूले भारतलाई यस्ता चुनौतीहरूको सामना गर्न सक्षम बनाएको उनको भनाइ थियो।

उनले भने, “आज देशमा पेट्रोल, डिजेल र युरियाको पर्याप्त उपलब्धता छ। भारत आफ्नै शक्तिका आधारमा अघि बढिरहेको छ।”

प्रधानमन्त्री मोदीले भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे।

/ बिशाल


 rajesh pande