लालकिल्लाको स्वतन्त्रता दिवस समारोहमा पहिलो पटक गुञ्जियो ‘वन्दे मातरम्’
लाल किले की प्राचीर से पहली बार राष्ट्रीय गीत 'वंदे मातरम्' का पूरा संस्करण गूंजा


नयाँ दिल्ली, १५ अगस्त (हि.स.)। स्वतन्त्रता दिवसको अवसरमा ऐतिहासिक लालकिल्लामा आयोजित समारोहमा पहिलो पटक ‘वन्दे मातरम्’ गाइएको छ। ‘वन्दे मातरम्’ रचनाको १५० वर्ष पूरा भएको उपलक्ष्यमा यो ऐतिहासिक क्षण साक्षी बनेको हो।

८०औँ स्वतन्त्रता दिवस समारोहका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पहिलो पटक लालकिल्लाको प्राचीरबाट राष्ट्रगीत ‘वन्दे मातरम्’ को पूर्ण संस्करण बजाइएको थियो। राष्ट्रगीत ‘वन्दे मातरम्’ पछि राष्ट्रगान ‘जन गण मन’ गाइयो।

प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १३औँ पटक राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गीत र त्यसपछि राष्ट्रगान प्रस्तुत गरिएको थियो।

राष्ट्रगीत ‘वन्दे मातरम्’ को १५० वर्षे विरासतको सम्मानमा आयोजित भव्य समारोहमा लालकिल्लाको प्राचीरमा गरिएको पुष्प सजावटको केन्द्रमा राष्ट्रिय झण्डा राखिएको थियो भने झण्डाको दुवैपट्टि हिन्दी भाषामा ‘वन्दे मातरम्’ लेखिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande