प्रधानमन्त्री मोदीले भने- सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने सुनिश्चित गरिनेछ
80वें स्वतंत्रता दिवस के अवसर देशवासियों को संबोाधित करते प्रधानमंत्री


नयाँ दिल्ली, १५ अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले ८०औँ स्वतन्त्रता दिवसको अवसरमा शनिबार देशवासीलाई ठूला सपना देख्न र उच्च संकल्पका साथ अघि बढ्न आह्वान गरेका छन्। उनले कुनै पनि राष्ट्र आफ्ना सपना, संकल्प र सामर्थ्यका आधारमा अघि बढेर महान बन्ने बताउँदै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने सुनिश्चित गरिने बताए।

स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाको प्राचीरबाट राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “अब साना सपनाले मात्र काम चल्नेवाला छैन। अब ठूला सपना हुनुपर्छ।” उनले ठूला सपनाले सोचको दायरा विस्तार गर्ने र राष्ट्रका संकल्प पनि उच्च हुनुपर्ने बताए।

उनले पश्चिम एशियामा देखिएको संकटका बेला केही मानिसहरूले देशमा डर फैलाउन खोजेको आरोप लगाउँदै विगत १०-१२ वर्षमा बनाइएका सुविचारित योजनाहरूको प्रभावकारिता देशले अनुभव गरिसकेको बताए।

प्रधानमन्त्री मोदीले भने, “आज देशमा पेट्रोल छ, डिजेल छ, युरिया पनि उपलब्ध छ। हामी आफ्नै शक्तिमा उभिएर अघि बढिरहेका छौँ।” उनले वैश्वीकरणको स्वरूप परिवर्तन भइरहेको र विश्वका देशहरूले आफ्ना स्रोतसाधनलाई आफ्नै हितमा प्रयोग गर्न थालेको उल्लेख गर्दै यस्तो अवस्थामा आत्मनिर्भरताको आवश्यकता अझ बढेको बताए।

उनले यदि भारतले समयमै आत्मनिर्भरता हासिल गर्ने तयारी नगरेको भए वर्तमान चुनौतीहरूको सामना गर्न निकै कठिन हुने उल्लेख गरे। देशको तयारी निरन्तर सुदृढ़ बन्दै गएको र भारत आफ्नै क्षमताका आधारमा अघि बढिरहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले जनताको प्रयासका कारण भारत पछिल्लो १२ वर्षमा ‘फ्रेजाइल फाइभ’ समूहबाट बाहिर निस्केर विश्वका प्रमुख अर्थतन्त्रहरूमध्ये एक बन्न सफल भएको बताए। उनले विगत १२ वर्षदेखि सबैले भारतलाई विकासको मार्गमा अघि बढाउन योगदान दिइरहेको उल्लेख गरे।

मोदीले भने, “जब विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश विकसित राष्ट्र बन्छ, तब विश्व भारतलाई फरक दृष्टिकोणबाट हेर्न बाध्य हुनेछ।”

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धी तथा अन्य स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। उनले देशभर ‘वन्दे मातरम्’ को गुञ्जन सुनिएको र प्रत्येक घरमा राष्ट्रिय झण्डा फहराइरहेको बताए।

राष्ट्रलाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री मोदीले लालकिल्लामा सलामी गारदको निरीक्षण गरेका थिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande