
नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। दिल्लीका स्वास्थ्य मन्त्री डा. पङ्कज कुमार सिंहले आइतवार विकासपुरी विधानसभा क्षेत्रमा दुई वटा अटल क्यान्टिनको उद्धाटन गरे। यसमा एउटा विकासपुरीस्थित इन्दिरा क्याम्प-5 को अटल क्यान्टिन र दोस्रो टी क्याम्प काली बस्त स्थित अटल क्यान्टिन सामेल छन्।
मन्त्रीे डा. पङ्कज कुमार सिंहले भने, 'अटल क्यान्टिन' पहल सरकारी सेवाहरूको लाभ सोझै जनतासम्म पुऱ्याउने दिशामा एक महत्वपूर्ण कदम हो। उनले भने, दिल्ली सरकारले नागरिकहरूलाई भरोसा दिलाएका थिए, उनीहरूलाई हरसम्भव सुविधा उपलब्ध गराइनेछ। यसै प्रतिबद्धतालाई धरातलमा उतारिेको प्रमाण हो यो।
उनले भने, आज दुई वटा अटल क्यान्टिनको उद्घाटन गर्न पाउँदा अत्यन्त सन्तुष्टि भइरहेको छ कि दिल्लीका जनतासित गरिएको वाचा धरातलीय स्तरमा पूरा भइरहेको छ। हाम्रो सरकार यो सुनिश्चित गर्न चाहन्छ कि मानिसहरूलाई फाइदा पुऱ्याउने हरेक सुविधा उनीहरूसम्म यथाशीघ्र पुगोस् चाहे त्यो अटल क्यान्टिन होस् वा अन्य जन-कल्याणकारी योजनाहरू, हाम्रो सरकारले दिल्लीका जनताको सेवाको लागि निरन्तर काम गरिरहनेछ।
मन्त्रीले भने, आवश्यकतामा रहेका मानिसहरूलाई सस्तो भोजन उपलब्ध गराउनु मात्र एउटा कल्याणकारी उपाय होइन जबकि समाजका कमजोर वर्गको सम्मान था सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। मात्र 5 रुपियाँमा पौष्टिक भोजन पाउनाले कामगार औ आवश्यकतामा रहेका परिवारहरू विशेष गरी दिनहुँ कमाीमाथि निर्भर रहेका मानिसहरूको निम्ति महत्वपूर्ण साबित हुनेछ।
यो पहलले नागरिक-केन्द्रित शासनप्रति दिल्ली सरकारको व्यापक दृष्टिकोणलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा