मुख्यमन्त्रीले विभिन्न व्यावसायिक तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया गरे
मुख्यमन्त्री प्रेमसिंह तामाङ


गान्तोक, 16 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज राज्यभित्र तथा राज्यबाहिर विभिन्न व्यावसायिक तथा उच्च शिक्षा पाठ्यक्रम अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका छन्। सम्मान भवनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा एबीबीएस, बीपीटी, एमपीट, बीएचए, बी.फार्म, बीएससी. मेडिकल बायोटेक्नोलोजी, एमएस्सी, बायोटेक्नोलोजी, बीडीएस, साइकोलोजी, नर्सिङ, फिजियोथेरापी, प्यारामेडिकल, बी.टेक लगायतका विभिन्न पाठ्यक्रममा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

मुख्यमन्त्रीले सरकारको शिक्षा सहायता नीतिअन्तर्गत विद्यार्थीहरूलाई निरन्तर सहयोग प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनीहरूले अध्ययन गरिरहेको पाठ्यक्रम तथा कार्यक्रमको विशेष आवश्यकताअनुसार आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले विद्यार्थीहरूलाई आफ्नो रोजाइको क्षेत्रमा समर्पण, लगनशीलता र मेहनतका साथ उत्कृष्टता हासिल गर्न प्रेरित गरे।

उनले विद्यार्थीहरूले आगामी दिनमा आफूले हासिल गरेको ज्ञान, सीप र दक्षतालाई सिक्किम तथा राष्ट्रको प्रगति र विकासमा अर्थपूर्ण योगदान पुर्‍याउन प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले विद्यार्थीहरूको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही समाज, राज्य र राष्ट्रको समग्र विकाससँग जोडिनुपर्ने बताए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande