सड़क दुर्घटना होइन, ड्रग्स व्यापारीहरूको षड़यन्त्रको शिकार भए एसआई नवजीत दास
सड़क दुर्घटना होइन, ड्रग्स व्यापारीहरूको षड़यन्त्रको शिकार भए एसआई नवजीत दास


गुवाहाटी, 16 अगस्त (हि.स.)। उपनिरीक्षक (एसआई) नवजीत दासको मृत्यु मामिलामा पुलिसको प्रारम्भिक जाँचमा आश्चर्यचकित खुलासा भएको छ। पुलिसले शङ्का व्यक्त गरेको छ, यो सड़क दुर्घटना होइन जबकि ड्रग्स व्यापारीहरूद्वारा गरिएको सुनियोजित हत्या हुनसक्छ।

पुलिसले राती नाका चेकिङ्गमा नजवीत दासलाई ठक्कर दिएर भाग्ने वाहन मालिकलाई पक्राउ गरेको छ। जाँचमा जुरिया क्षेत्रमा कथित रूपमा व्यापक रूपमा ड्रग्स व्यापार सञ्चालन गर्ने सेलिमुद्दीन इस्लाम यस घटनाको मास्टरमाइण्ड भएको शङ्का व्यक्त गरिएको छ।

पुलिसले सेलिमुद्दीनका भाइ महिदुल इस्लाम, पिता अब्दुल कुद्दुस फराजी औ अन्य दुई जना सहयोगहरू क्रमैले माफ्फाजुल तथा रुक्साना खातूनलाई पनि पक्राउ गरेको छ।

पुलिस र स्थानीय मानिसहरूले आशङ्का व्यक्त गरेका छन्, ड्रग्स तस्करीमा बाधा दिएको कारणले एसआई नवजीत दासलाई वाहनले कुल्चिएको हुनसक्छ। तथापि घटनाको वास्तविक कारण र आरोपहरूलाईपुष्टि गर्नको लागि पुलिसले जाँच गरिरहेको छ।

दिवङ्गत नवजीत दास डिमा हसाओ जिल्लाको लाइशोङ्ग पुलिस थानाका प्रभारी अधिकारीका रूपमा कार्यरत थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande