
नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रिय गृहमन्त्री अमित शाहमाथि दिल्लीका पूर्व मन्त्री सत्येंन्द्र जैनलाई पक्राउ गराएको आरोप लगाएका छन्। उनले भने, अब पक्राउ दोष हेरेर होइन राजनीतिको कारणले हुन्छ। यसरी नै विधानसभामा नेता प्रतिपक्ष आतिशीले यसलाई प्रतिशोधको कारबाही बताइन्।
अरविन्द केजरीवालले बुधवार सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी सत्येन्द्र जैनलाई पक्राउ गरेको समयलाई लिएर प्रश्न उठाए। उनले भने, जैनलाई अमित शाहको निर्देशमा पक्राउ गरिएको हो।
केजरीवालले दाबी गरे, उनले एसीबीका एकजना अधिकारीसित कुराकानी गरे। पहिला सत्येन्द्र जैनलाी पक्राउ गर्ने कुनै योजना थिएन। तर गृहमन्त्री अमित शाहको एउटा फोन आएपछि उनलाईअपरान्ह पक्राउ गरियो। उने भने, अब पक्राउ यस कारणले हुँदैन कि कसैले अपराध गरेको छ, यस कारणले गरिन्छ कि सरकारले कसलाई आफ्नो लक्ष्य बनाउन चाहन्छ।
यता दिल्ली विधानसभामा नेता प्रतिपक्ष आतिशीले भनिन्, पहिला सत्येन्द्र जैनलाई पक्राउ गर्दा उनी हिमाचल प्रदेशको लागि पार्टीका प्रभारी थिए, अहिले उनी पञ्जाबका सह-प्रभारी छन् जहाँ आगामी फरवरी महिनामा चुनाउ भइरहेको छ। यसबाट स्पष्ट हुन्छ कि सरकारले आफ्नो राजनीतिक हितको लागि लक्षित गरिरहेको छ। उनले भने, जैनको पक्राउ सरकारले प्रतिशोधको भावनाले गरिएको कारबाहीको एक भाग हो। सरकारले घोटाला गर्नेहरूलाई कारबाही नगरेर आआप नेताहरूलाई झुटो मामिलामा फसाइरहेको छ।
आतिशीले भनिन्, पहिला सत्येन्द्र जैनलाई झुटो मामिलामा दुई वर्षसम्म जेलमा राखियो, पछि कुनै प्रमाण नभेटिएपछि छोड़िदियो। आज फेरि उनको पक्राउ झुटो राजनीतिकै अङ्ग हो। सरकारले उनलाई फसाउने काम गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा