
नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। उत्तर-पूर्वी जिल्लामा पुलिसले तकनिक प्रयोग गरी 568 जना मानिसहरूलाई उनीहरूको हराएका वा चोरी भएका मोबाइलहरू फर्काइदियो। पुलिसले यो कारबाही ‘अपरेशन विश्वास’ अन्तर्गत गरेको हो। जफत गरिएका मोबाइल फोनहरूमा दिसम्बर, 2021-मा हराएको फोन पनि सामेल छ भने सबैभन्दा ताजा मई, 2026-मा चोरी भएको मोबाइल रहेको छ।
पुलिसले बताए मुताविक गत 1 जुलाईदेखि 15 अगस्त, 2026-सम्ममा विशेष अभियान सञ्चालन गरियो। जिल्ला एडभान्स नलेज-बेस्ड साइन्टिफिक हेल्पडेस्क टीमले तकनिकी माध्यमबाट मोबाइल फोनहरूलाई खोज्न शुरू गऱ्यो। टीमको नेतृत्व इन्स्पेक्टर राम मनोहर मिश्राले गरेका थिए। यो अभियान अतिरिक्त पुलिस उपायुक्त-द्वितीय अरविन्द कुमारको निगरानीमा सञ्चालन गरिएको थियो भने टीममा एसआई विश्व विजय, एएसआई बिजेन्द्र, हेड कन्स्टेबल नितिन समेत जिल्लाका सबै थानाहरूका पुलिसकर्मीहरू सामेल थिए।
पुलिसले मोबाइल फोनको खोजीमा सेन्ट्रल इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर पोर्टललाई प्रयोग गऱ्यो। सी-डटद्वारा विकसित यस व्यवस्थाको माध्यमबाट हराएको वा चोरी भएको मोबाइलको आईएमईआई नम्बरलाई ब्लक गराउन सकिन्छ। त्यसपछि फोनमा अर्को सिम जड़ान गर्दा त्सको सामान्य प्रयोग मोबाइल नेटवर्कमा हुँदैन।
पुलिस अनुसार हराएको वा चोरी भएको मोबाइल फेरि कुनै टेलीकम नेटवर्कमा सक्रिय भयो भने सेन्ट्रल इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर पोर्टलको माध्यमबाट तकनिकी जानकारी प्राप्त हुन्छ। यसैको आधारमा पुलिसको टीमले मोबाइलहरूको लोकेशन र प्रयोगसित सम्बन्धित इनपट जुटाएर त्सलाई जफत गर्ने प्रयास गर्दछ।
जफत गरिएका 568 वटा मोबाइल फोनहरूलाई सम्बन्धित थानाका एसीपी, एसएचओ औ अन्य पुलिस अधिकारीहरूको उपस्थितिमा वास्तविक मालिकलाई सुम्पिइयो। आफूले गुमाइसकेको मोबाइल फेरि हातमा पर्दा मानिसहरूको मुहारमा खुसीको सीमा रहेन। मानिसहरूले दिल्ली पुलिस र उत्तर-पूर्वी जिल्ला पुलिसप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा