महबूबाले अमेरिकी राजदूतसित कश्मीर यात्रा निषेध सम्बन्धी सर्वोच्च स्तरीय यात्रा सल्लाहको समीक्षा गरी त्यसलाई फिर्ता लिने आग्रह गरिन्
महबूबाले अमेरिकी राजदूतसित कश्मीर यात्रा निषेध सम्बन्धी सर्वोच्च स्तरीय यात्रा सल्लाहको समीक्षा गरी त्यसलाई फिर्ता लिने आग्रह गरिन्


श्रीनगर, 19 अगस्त (हि.स.)। जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले भारतमा अमेरिकी राजदूत सर्जियो गोरसित कश्मीर यात्रा निषेध सम्बन्धी सर्वोच्च स्तरीय यात्रा सल्लाहको समीक्षा गरी त्यसलाई फिर्ता लिने आग्रह गरेकी छन्।

महबूबा मुफ्तीले एउटा पोस्टमा लेखिन्, अमेरिकी राजदूत सर्जियो गोरले यति त गर्न सक्छन् कि कश्मीर यात्रा निषेध सम्बन्धी सर्वोच्च स्तरीय यात्रा सल्लाहको समीक्षा गरून् अनि त्यसलाई फिर्ता लिउन्।

उनले पोस्टमा अझ लेखेकी छन्, कश्मीरका हजारौं परिवारहरू पर्यटनमाथि निर्भर छन्। यस स्थितिमा कश्मीरमाथि जारी यात्रा सल्लाह एउटा चेताउनीभन्दा ठूलो कुरा हो। यो कश्मीर र विश्वमाझको एउटा पर्खाल हो। यसलाई हटाइयो भने आत्मविश्वासको एक सशक्त सन्देश सम्प्रेषण हुनेछ।

अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फर्काएर ल्याउनमा सहयोग पाइनेछ साथै ती अनगन्ती परिवारहरूलाई ठूलो राहत हुनेछ जसको आजीविका पर्यटनमाथि निर्भर छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande