
पश्चिम बर्दवान, 19 अगस्त (हि. स.)। कुल्टी विधानसभा क्षेत्रमा तीव्र वर्षाको कारमले स्कुटीसितै नदीले बगाएका युवक आमिर गियासको शव दुई दिनपछि बुधवार बिहान भेटियो। शव कुल्टी थाना क्षेत्रको सीतारामपुर मास्टरपाड़ा निकट भुड़भुड़िया नदीको किनारमा भेटियो। घटनापछि क्षेत्रमा खैलाबैला भएको छ।
प्राप्त जानकारी अनुसार, गत 17 अगस्तको रात काम सिद्ध्याएर घर फर्किरहेका आमिर नियामतपर-एथोड़ा रोडको जहरगढ़ ब्रिज भएर गुज्रिरहेका थिए। यस अवधि मुसलधारे पानी परिरहेको कारणले नदीमा पानीको प्रवाह तीव्र भएको थियो। यसै तीव्र प्रवाहले स्कुटीसितै आमिरलाई पनि बगायो। घटनाको जानकारी उसितै रहेको राजीव पासवानले दिएका थिए। त्यसपछि मङ्गलवार बिहानदेखिकै कल्टी थानाको पुलिसले खोजी अभियान शुरू गऱ्यो। पछि आपदा प्रबन्धनको टीमले पनि घटनास्थलमा पुगेर स्पीड बोटको माध्यमबाट नदीमा घण्टौंसम्म खोजी अभियान शुरू गऱ्यो, तर मङ्गलवार रातीसम्म युवकको बारेमा सुइँको समेत पाइएको थिएन। बुधवार बिहान स्थानीय मानिसहरूले भुड़भुड़िया नदीको किनारमा युवकको शवलाई देखेपछि पुलिसलाई सूचित गरिदिए। पुलिसले शवलाई कब्जामा लिएर आसनसोल जिल्ला अस्पतालमा पठाइदिएको छ।
तर युवकसितै बगाएको स्कुटीको बारेमा अहिलेसम्म पत्तो लाग्न सकेको छैन। कुल्टी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। परिवार अनि स्थानीय मानिसहरूले घटनाको जाँच गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा