‘आवारापन २’ को रफ्तारअगाडि ‘बंटवारा १९४७’ को कमाई सुस्त
इमरान हाशमी, सनी देओल - फोटो सोर्स एक्स


भारतीय बक्स अफिसमा इमरान हाश्मी अभिनीत ‘आवारापन २’ को उत्कृष्ट प्रदर्शन निरन्तर जारी छ, जबकि सनी देओलको ‘बंटवारा १९४७’ दर्शकहरूको अपेक्षामा खरो उत्रिन संघर्षरत देखिएको छ। दुवै फिल्मले सिनेमाघरमा प्रदर्शन भएको छ दिन पूरा गरिसकेका छन् र अब तिनीहरूको बक्स अफिस कमाइमा ठूलो अन्तर देखिएको छ। जहाँ ‘आवारापन २’ ले घरेलु बक्स अफिसमा १०० करोड रुपियाँको आँकडा पार गरिसकेको छ, त्यहीं ‘बंटवारा १९४७’ अझै ५० करोड रुपियाँसम्म पनि पुग्न सकेको छैन।

सैकनिल्कका प्रारम्भिक तथ्यांकअनुसार, नितिन कक्कडको निर्देशनमा बनेको ‘आवारापन २’ ले छैटौं दिन करिब ६.७५ करोड रुपियाँको कारोबार गरेको छ। यससँगै भारतमा फिल्मको कुल नेट कलेक्सन १०७.५० करोड रुपियाँ पुगेको छ। फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १५३.५९ करोड रुपियाँसम्म पुगेको छ। इमरान हाश्मी, दिशा पटानी र शबाना आजमी अभिनीत यस एक्सन-ड्रामा फिल्मलाई दर्शकबाट निरन्तर राम्रो प्रतिक्रिया मिलिरहेको छ र फिल्म आफ्नो बलियो रफ्तारका साथ अघि बढिरहेको छ।

उता, ‘बंटवारा १९४७’ को कमाइमा निरन्तर गिरावट देखिएको छ। सैकनिल्कका अनुसार, फिल्मले छैटौं दिन केवल १.४० करोड रुपियाँको कलेक्सन गरेको छ, जुन अहिलेसम्मकै यसको सबैभन्दा कमजोर प्रदर्शन हो। यससँगै भारतमा फिल्मको कुल कमाइ ३२.१५ करोड रुपियाँ पुगेको छ भने विश्वव्यापी ग्रस कलेक्सन ४५.४२ करोड रुपियाँसम्म पुगेको छ। सनी देओल, प्रीति जिन्टा, अली फजल र शबाना आजमीजस्ता कलाकारले अभिनय गरेको यस फिल्मका लागि छ दिनको यो प्रदर्शन निराशाजनक मानिएको छ।

‘आवारापन २’ र ‘बंटवारा १९४७’ बीच कमाइको बढ्दो अन्तरले बक्स अफिसमा दुवै फिल्मको फरक-फरक भाग्यलाई स्पष्ट रूपमा देखाइरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande