
गुवाहाटी, 21 अगस्त (हि.स.)। असमका कौशल, रोजगार औ उद्यमिता मन्त्री बिस्वजीत दैमारीले शुक्रवार जनता भवनमा विभागको राज्य स्तरीय समीक्षा बैठकको अध्यक्षता गरे। बैठकमा राज्यमा भइरहेका विभिन्न योजनाहरू तथा कार्यक्रमहरूको प्रगतिको समीक्षा गरियो।
बैठकमा राज्यभरिका औद्योगिक प्रशिक्षण संस्थानहरूका वरिष्ठ प्रधानाचार्य, प्रधानाचार्य एवं अधीक्षक तथा रोजगार कार्यालयहरूका अधिकारी उपस्थित थिए।
बैठकमा रोजगार एवं शिल्पकार प्रशिक्षण निदेशालय, असम कौशल विकास मिशन, असम कौशल विश्वविद्यालय औ रोजगार शाखाको कामकाजमाथि विस्तृत प्रस्तुति दिइयो।
यस अवधि पछिल्लो तीन वर्षभित्रमा औद्योगिक प्रशिक्षण संस्थानहरूमा प्रवेशको स्थिति विधानसभा क्षेत्रहरूमा संस्तानको उपलब्धता, रोजगार कार्यालयहरूलाई जिल्ला युवा कल्याण केन्द्रको रूपमा मजबुत बनाउने, मुख्मन्त्री जीवन प्रेरणा योजना तथा करियर औ व्यावसायिक मार्गदर्शन जस्ता पहलहरूमाथि चर्चा भयो।
मन्त्रीले पूर्वोत्तर कौशल केन्द्र, मुख्यमन्त्री फ्लाइट योजना तथा विभागका अन्य पहलहरूको पनि समीक्षा गरे। उनले जिल्लास्तरका अधिकारीहरूसित अधिक सक्रिय अनि परणामोन्मुखी ढङ्गमा काम गर्ने आह्वान गरे।
दैमारीले भने, युवाहरूको रोजगार क्षमता बढ़ाउनको लागि कौशल विकासलाई रोजगार बजारको परिवर्तनशील आवश्यकताहरू अनुरूप बनाउनुपर्छ। उनले युवाहरूको लागि कौशल विकास, रोजगार औ उद्यमिताको अवसर बढ़ाउन औद्योगिक प्रशिक्षण संस्थानहरू औ रोजगार कार्यालयहरूबीच श्रेष्ठ समन्वय हुनुपर्ने आवश्यकतामाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा