वेतन कम, परिश्रम अधिक, स्कूलमा पीटी सिकाउने गुरूजीले छुट्टीपछि स्कूल बाहिर झालमुड़ी बेचिरहेका छन्
वेतन कम, परिश्रम अधिक, स्कूलमा पीटी सिकाउने गुरूजीले छुट्टीपछि स्कूल बाहिर झालमुड़ी बेचिरहेका छन्


भागलपुर, 21 अगस्त (हि.स.)। शिक्षाको मन्दिरमा बाल-बालिकाहरूलाई स्वस्थ अनि अनुशासनको पाठ पढ़ाउने एकजना गुरूजी भोक मेटाउनको लागि स्कूल बाहिर झालमुड़ी बेच्न बाध्य भइरहेका छन्। यो हैरान अनि भावुक बनाउने तस्वीर भागलपुर जिल्लाको सन्हौला खण्डमा देख्न पाइयो। यहाँको अमडण्डा मध्य विद्यालयमा कार्यरत शारीरिक शिक्षक एवं स्वास्थ्य अनुदेशक निशान्त कुमार स्कूलको घण्टी बजेपछि तथा नानीहरूलाई पीटी गराएपछि स्कूल बाहर नै झालमुड़ी र स्टेशनरीको पसल सजाउँछन्। कारण यति मात्र हो कि सरकारबाट पाउने 16 हजार रुपियाँको मानदेय राशिले उनले परिवार धान्न सक्दैनन्।

निशान्त कुमारको नियुक्ति वर्ष 2022- मा शारीरिक शिक्षकको पदमा भएको थियो।त्यसताक सरकारद्वारा उनलाई मात्र 8 हजार रुपियाँ प्रतिमहिना वेतन प्राप्त हुन्थ्यो। लगभग तीन वर्षसम्म लगातार सङ्घर्ष, आन्दोलन तथा प्रदर्शन गरेपछि सरकारले वेतन बढ़ाएर 16 हजार रुपियाँसम्म त बनायो, तर आज कम्मर भँचाउने महँगीमा यो रकम पनि एउटा परिवारको खर्च चलाउनको लागि अत्यन्त कम साबित भइरहेको छ। निशान्त कुमारले स्कूलमा आफ्नो लगभग दुई घण्टाको ड्यूटी पूर्ण इमानदारीको साथमा निर्वाह गर्दछन्, स्थानीय मानिसहरू तथा नानीहरूको भीड़उनको पसलमा भइरहन्छ जसबाट दिनहुँ 300- 400 रुपियाँ अतिरिक्त आय हुन्छ।

निशान्त भन्छन्, शुरुमा आफ्नै विद्यार्थीहरूको अगाड़ि पसल राख्न लाज लाग्थ्यो तथा हिच्किचाहट हुन्थ्यो। तर परिवारको आवश्यकता र नानीहरूको भोक अगाड़ि उभिएपछि लाजको अर्थ नै फेरिन्छ। यस सम्पूर्ण मामिलाको सबैभन्दा भावुक पाटो के छ भने जुन नानीहरूलाई उनले स्कूल मैदानमा खेलकूद र पीटी सिकाउँछन्, ती नानीहरू नै छुट्टी भएपछि उनको ठेलामा झालमुड़ी खान आउँछन्।

स्कूलका विद्यार्थीहरूको भनाइ छ, सरले हामीलाई सही रूपमा पीटी अनि खेल सिकाउँछन्। हामीलाई दुःख लाग्छ कि सरको वेतन कम भएको कारणले स्कूल बाहिर पसल राख्नुपर्छ। निशान्त मात्र होइनन्, राज्यमा यस्ता अनेकौं शिक्षकहरू छन् जो अत्यन्त दयनीय स्थितिमा बाँचिरहेका छन्। कसैले परिवार धान्नका लागि पार्ट-टाइम डिलीभरी ब्वोइको काम गरिरहेका छन् भने कसैले अन्य स-साना कामहरू गरिरहेक छन्।

निशान्तले सरकारसित माग गरेका छन्, उनीहरूलाई पूर्णकालिक शिक्षकको दर्जा दिइयोस् अनि सम्मानजनक वेतन वृद्धि गरियोस् ताकि उनीहरूलाई सड़कमा पसल राख्न नपरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande