एसआईआर: गान्तोकमा दाबी-आपत्तिको अन्तिम सुनुवाई
एसआईआर- दाबी तथा आपत्ति


गान्तोक, 21 अगस्त (हि.स.)। मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत दाबी तथा आपत्ति प्रक्रियाको अन्तिम चरणको सुनुवाई आज गान्तोकमा सम्पन्न भएको छ।

जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल रोहन अगावानेले जिल्ला प्रशासनिक केन्द्र, गान्तोकस्थित आफ्नो कक्षमा दाबी तथा आपत्तिसम्बन्धी मामिलाको अन्तिम सुनुवाई गरेका हुन्।

जिल्ला निर्वाचन अधिकारीको तहमा जम्मा ११० वटा मामिला सुनुवाईका लागि प्रस्तुत गरिएको थियो। एसआईआर २०२६ अन्तर्गत दाबी तथा आपत्ति प्रक्रियाको अन्तिम चरणका रूपमा यी सुनुवाईहरू आयोजना गरिएको हो। सुनुवाईमार्फत मतदाता नामावलीसँग सम्बन्धित दाबी तथा आपत्तिका मामिलाको परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी टुंगो लगाउने कार्य गरिएको जनाइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande