नेपालका सत्तारूढ़ दल आरएसपी अध्यक्ष रवि लामिछानेको चीन भ्रमण स्थगित
प्रधानमंत्री बालेन्द्र शाह, वित्त मंत्री स्वर्णिम वागले और पार्टी अध्यक्ष रवि लामिछाने


काठमाडौँ, २३ अगस्त (हि.स.)। नेपालको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) का अध्यक्ष रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। लामिछानेको यही अगस्त २३ देखि ३० तारिखसम्म चीन भ्रमण गर्ने कार्यक्रम तय भएको थियो।

यसअघि लामिछानेको सचिवालयले अगस्तको अन्तिम साता हुने भनिएको भ्रमणलाई सेप्टेम्बरको मध्यसम्मका लागि सारिएको जानकारी दिएको थियो। तर, पछिल्लो निर्णयअनुसार हालका लागि उनको चीन भ्रमण नै रद्द भएको जनाइएको छ।

यसअघि लामिछाने पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अगस्त २३ देखि ३० सम्म चीन भ्रमणमा जाने तयारीमा रहेको बताइएको थियो। भ्रमणका क्रममा बेइजिङपछि तिब्बतस्थित कैलाश मानसरोवर जाने कार्यक्रमसमेत रहेको थियो।

स्रोतका अनुसार, चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता नहुने अवस्था तथा नेपालमा विकसित पछिल्लो घरेलु राजनीतिक एवं अन्य परिस्थितिका कारण लामिछानेले तत्कालका लागि चीन भ्रमण स्थगित गरेका हुन्।

भ्रमणको नयाँ मितिबारे सोधिएको प्रश्नमा लामिछानेको सचिवालयले अनुकूल समय आएपछि भ्रमण गरिने मात्र बताएको छ। लामिछाने निकट एक नेताले भने भ्रमण पूर्ण रूपमा स्थगित भएको भन्न नमिल्ने बताउँदै अध्यक्ष लामिछाने चीन कहिले जाने भन्ने कुरा अहिले निश्चित नभएको जानकारी दिएका छन्।

यसैबीच, नेपाली सांसदहरूको पाँच सदस्यीय टोली सातदिने चीन भ्रमणमा जाने भएको छ। बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली सोमबार चीन प्रस्थान गर्नेछ।

प्रतिनिधिसभाका आरएसपी सांसद कमल सुवेदीको नेतृत्वमा जाने टोलीमा राष्ट्रियसभाका सांसद झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसदकी उपसचिव शारदा भण्डारी रहेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande