मणिपुरको थौबलमा केसीपी (पीडब्ल्यूजी) का दुई क्याडर पक्राउ
The images Shared by Manipur Police.


थौबल (मणिपुर), २४ अगस्त (हि.स.)। मणिपुरको थौबल जिल्लामा सुरक्षा बलले छुट्टाछुट्टै अभियान सञ्चालन गरी केसीपी (पीडब्ल्यूजी) का दुई जना कथित सक्रिय क्याडरलाई पक्राउ गरेको छ।

पुलिसका अनुसार, गत २३ अगस्तमा सुरक्षा बलले लिलोंग प्रहरी थाना क्षेत्रअन्तर्गत लिलोंग ताइरेन माखोङ इलाकाबाट बुमायुम अयुब खान (३०) लाई पक्राउ गरेको हो। उनी हियाङथाङ ताराहेई कोन्जिलका बासिन्दा हुन्। उनी केसीपी (पीडब्ल्यूजी) का सक्रिय क्याडर रहेको र कथित रूपमा जबर्जस्ती रकम असुलीका गतिविधिमा संलग्न रहेको पुलिसले जनाएको छ।

यसअघि प्राप्त गोप्य सूचनाका आधारमा थौबल सीडीओ र ११ असम राइफल्सको संयुक्त टोलीले लिलोंग उशोइपोकी क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो। अभियानका क्रममा केसीपी (पीडब्ल्यूजी) का कथित वरिष्ठ क्याप्टेन थियाम बोइचा सिंह उर्फ बालिन (२८) लाई पक्राउ गरेको थियो। उनी विष्णुपुरको वडा नम्बर ८ का बासिन्दा हुन्।

प्रारम्भिक सोधपुछका क्रममा बालिन सन् २०२१ को १३ नोभेम्बरमा चुराचान्दपुरको बेहियाङमा ४६ असम राइफल्सका कमान्डिङ अफिसर (सीओ) सहित अन्य छ जनामाथि भएको घात लगाएर गरिएको आक्रमणमा संलग्न टोलीका सदस्य रहेको खुलेको छ।

अधिकारीहरूका अनुसार, बालिन राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अनुसन्धान गरिरहेको उक्त मुद्दामा ए-३ आरोपी हुन्। उनलाई फरार आरोपीका रूपमा समेत घोषित गरिएको बताइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande