
गुवाहाटी, 26 अगस्त (हि.स.)। बाढ़ी प्रभावित औ बेघर मानिसहरूको लागि ठूलो राहतको खबर छ। प्रधानमन्त्री आवास योजना (पीएमएवाई) अन्तर्गत असममा 3.8 लाखभन्दा अधिक नयाँ घरहरू निर्माण गरिनेछ। यसको लागि राज्यमा लगभग 5,000 करोड़ रुपियाँ निवेश गरिनेछ।
यस पहलबाट बाढ़ी एवं अन्य प्राकृतिक आपदाहरूबाट प्रभावित परिवारहरूलाई स्थायी आवास उपलब्ध गराउनमा सहयोग पुग्नेछ।
यस अतिरिक्त कृषि क्षेत्रको विकासको लागि असमलाई अतिरिक्त 139 करोड़ रुपियाँ सहायता प्राप्त हुनेछ।
यी मुद्दाहरूलाई लिएर असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केन्द्रिय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानसित बैठक गरे। बैठकमा आवास, कृषि विकास तथा बाढ़ी प्रभावित मानिसहरूको लागि सहायतासित सम्बन्धित विभिन्न विषयहरूमा च्राच भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा