हावड़ा रेलवे स्टेशनको दक्षिण कनकोर्सको छतमा चढ़्यो एकजना व्यक्ति, दमकल कर्मीहरूले सुरक्षित तल उतारे
हावड़ा रेलवे स्टेशनको दक्षिण कनकोर्सको छतमा चढ़्यो एकजना व्यक्ति, दमकल कर्मीहरूले सुरक्षित तल उतारे


हावड़ा, 26 अगस्त (हि.स.)। हावड़ा रेलवे स्टेशनको दक्षिण कनकोर्समा गए मङ्गलवार अबेर राती एकजना व्यक्ति अग्लो पिलरमा चढ़ेको घटनाले कोकोहोलो मचायो। सूचना पाउनसाथ रेलवे सुरक्षा बल (आरपीएफ), सरकारी रेलवे पुलिस (जीआरपी) औ दमकल विभागको टीम घटनास्थलमा पुग्यो।

जानकारी अनुसार गए मङ्लवार राती लगभग 11:15 बजे एकजना व्यक्ति दक्षिण कनकोर्सको प्लेटफर्म सङ्ख्या पाँच र तीनको बीचमा अवस्थित एउटा पिलरमा चढ़्यो। प्रारम्भिक रूपमा उसलाई मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ।

घटनाको सूचना पाउनसाथ आरपीएफ र जीआरपीका जवानहरू तत्कालै घटनास्थलमा पुगे। स्थितिलाई मध्यनजर गर्दै दमकल विभागलाई पनि बोलाइयो। धेरै बेरसम्म सम्झाई-बुझाई गरेपछि दमकलकर्मीहरूले विशेष प्रयास गरी राती लगभग 11:57 बजे उक्त व्यक्तिलाई सुरक्षित तल उतारे।

व्यक्तिको पहिचान लिट्टू लोहरा (42)- को रूपमा भएको छ जो झारखण़्डको लोहरदगा जिल्लास्थित गहेराँव थाना क्षेत्रको नागजुआ गाउँको निवासी रहेतो बताइएको छ। उसको पिताको नाम मङ्गल लोहरा हो।

रेलवे र पुलिस अधिकारीहरूले यो पत्तो लगाउने प्रयास गरिरहेका छन्, उक्त व्यक्तिले यस्तो कदम किन उठायो। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande