
पश्चिम बर्दवान, 26 अगस्त (हि.स.)। सिलगुढ़ीमा अन्नपूर्ण भण्डार योजनाका लाभार्थीहरूको घरमा स्टिकर टाँस्ने कार्य शुरू भएको छ। राज्यका पर्यटन मन्त्री तथा सिलगढ़ीका विधायक शङ्कर घोषले बुधवार यस अभियानको थालनी गरे।
यस अवसरमा भएको एक विशेष साक्षात्कारमा पर्यटन मन्त्री शंकर घोषले बताए, अन्नपूर्ण योजनाको माध्यमबाट पहिला नै ठूलो सङ्ख्यामा मानिसहरूलाई आर्थिक सहयोग प्राप्त भइसकेको छ। अब योजनाका लाभार्थीहरको घरमा योजनाको पहिचानसित सम्बन्धित स्टिकर टाँसिँदैछ।
मन्त्रीले भने, अहिले पनि धेरै जना मानिसहरू यस योजनादेखि वञ्चित छन्। योग्य भए पनि महिलाहरू आर्थिक लाभ प्राप्त गर्नदेखि वञ्चित हुन परेको मामिलाको जाँच गरेर उनीहरूलाई पनि यसको दायरमा ल्याउने व्यवस्था गरिनेछ।
शङ्कर घोषले अझ भने, सरकारको यस योजनाको मुख्य उद्देश्य पात्र महिलाहरूलाई आर्थिक सहायता उपलब्ध गराउनु हो। त्यसैले यो सुनिश्चित गर्नेमाथि विशेष ध्यान दिइनेछ कि कुनै पनि योग्य लाभार्थी योजनाको लाभदेखि वञ्चित नबनुन्।
लाभार्थीहरूको घरमा स्टिकर टाँस्ने यस पहललाई लिएर स्थानीय मानिसहरूमा उत्साह देखियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा