मातेको मान्छे हतियार बोकेर घुमिरहेको थियो, पक्राउ गर्दा मचियो बबाल
मातेको मान्छे हतियार बोकेर घुमिरहेको थियो, पक्राउ गर्दा मचियो बबाल


दक्षिण 24 परगना, 26 अगस्त (हि. स.)। जिल्लाको सातगछिया क्षेत्रमा गए अबेर राती आग्नेयास्त्र लिएर घुमेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरिएपछि क्षेत्रमा कोकोहोलो मचियो। पक्रा पर्ने व्यक्तिको पहिचान ज्ञानानन्द सामन्तको रूपमा भएको छ जसलाई बुधवार अलिपुर अदालतमा पेश गरियो।

स्थानीय सूत्र मुताविक ज्ञानानन्द समन्त जांँगीर खानको सहयोगी र तृणमूल नेता नबकुमार बेतालको निकटवर्ती रहेको बताइएको छ। आरोप छ, बितेको राती उ कथित रूपमा मातेर हतियार बोकेर क्षेत्रमा घुमिरहेको थियो। उसको संदिग्ध गतिविधिमाथि स्थानीय मानिसहरूलाई शङ्का लाग्यो जसपस्चात पुलिसलाई सूचना दिइयो। जाँच गर्दा उबाट एउटा आग्नेयास्त्र जफत गरियो। पुलिसले दाबी गरेको छ, पक्रा पर्दा उ मातेको अवस्थामा थियो कि थिएन, त्यसको जाँच पनि गरिँदैछ।

घटनाको खबर फैलिनसाथ सातगछिया क्षेत्रमा चर्चा चुलिएको छ। हतियार लिएर उ कहाँ गइरहेको थियो, हतियार उसकोमा कहाँंबाट आयो जस्ता प्रश्नहरू पनि उठिरहेका छन्। पुलिस मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande