
जलपाईगुड़ी, 26 अगस्त (हि.स.)। बढ़्दो महँगीको विरोधमा बुधवार कङ्ग्रेसले जलपाईगुड़ीमा विरोध मार्च आयोजना गऱ्यो। “मानिसहरूलाई बचाऔं, मूल्य घटाऔं” -को नारा लगाउँदै जलपाईगुड़ी टाउन ब्लक कङ्ग्रेस कमिटीको नेतृत्वमा दिनबजार क्षेत्रमा उक्त विरोध मार्च आयोजना गरियो।
कङ्ग्रेस नेताहरूले आरोप लगाए, चीनीदेखि लिएर प्याजसम्म, दैनन्दिन आवश्यकताका वस्तुहरूको मूल्य लगातार बढ़िरहेको छ जसले गर्दा सर्वसाधारण मानिसहरूमाथि आर्थिक बोझ थपिएको छ। महँगीमाथि नियन्त्रण अनि कालोबजारीलाई रोक्नको लागि प्रशासनद्वारा टास्क फोर्स गठन गरी अभियान सञ्चालन गरिएको भए पनि यो कदम पर्याप्त होइन।
प्रदर्शनको नेतृत्व जिल्ला कङ्ग्रेस अध्यक्ष अमित भट्टाचार्य, टाउन ब्लक अध्यक्ष अम्लान मुन्शी औ पूर्व जिल्लाध्यक्ष पिनाकी सेनगुप्ताले गरेका थिए।
मार्चमा कङ्ग्रेस नेताहरूले विभिन्न पसलहरूमा पुगेर त्यहाँका व्यापारीहरूसित बातचित पनि गरे। अचानक भएको मूल्य वृद्धिको कारण बारे जानकारी लिनका साथै व्यापारीहरूलाई अधिक मूल्यमा सामान नबेच्ने अपील एवं चेताउनी पनि दिइयो।
जिल्ला कङ्ग्रेस अध्यक्ष अमित भट्टाचार्यले महँंगीको मुद्दामा केन्द्र अनि राज्यको ‘डबल इञ्जिन’ भाजपा सरकारलाई लक्षित गर्दै भने, टास्क पोर्स गठन गरेर प्रशासनले गरिरहेको कारबाही देखावटी मात्र बनिरहेको छ। कङ्ग्रेसले चेताउनी दियो, यदि चाँड़ै दैनन्दिन जीवनका वस्तुहरूको मूल्य नियन्त्रण नगरे आगामी दिनमा पार्टीले व्यापक स्तरमा आन्दोलन गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा