
मेदिनीपुर, 26 अगस्त (हि.स.) । पश्चिम मेदिनीपुर जिल्लाको बेलदामा बुधवार बिहान दुई वटा मोटरसाइकल आपस्तमा ठोक्किएर एकजना माछा व्यापारीको मृत्यु भयो भने अर्को एकजना व्यक्ति गम्भीर रूपमा घाइते भए। मृतकको पहिचान नारायणगढ़ थाना क्षेत्रको मकरामपुर निवासी दुलाल पात्र (55)- को रूपमा भएको छ।
दुलाल पात्र बुधवार बिहान बेलदा माछा बजारदेखि माछा खरिद गर्न आएका थिए। माछा लिेर घर फर्किने क्रममा बेलदा थाना क्षेत्रको कालिबगिचामा उनको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकलसित ठोक्कियो।
यस भयानक ठक्करमा दुवै मोटरसाइकल सवारहरू गम्भीर रूपमा घाइते भए। दुलाल पात्रको केही क्षणपछि घटनास्थलमै मृत्यु भयो।
स्थानीय मानिसहरूद्वारा दिइएको सूचनाको आधारमा राष्ट्रिय राजमार्ग प्राधिकरणका कर्मी तथा बेलदा थानाको पुलिस तत्कालै घटनास्थलमा पुगे। पुलिसले घाइते व्यक्तिलाई उपचारको निम्ति अस्पतालमा पठाइदियो। दुर्घटनाग्रस्त दुवै मोटरसाइकललाई जफत गरी थानामा लगिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा