राष्ट्रिय राजमार्ग र रेल पटरीबीच रगताम्मे शव भेटियो, जाँचमा जुट्यो पुलिस
राष्ट्रिय राजमार्ग र रेल पटरीबीच रगताम्मे शव भेटियो, जाँचमा जुट्यो पुलिस


मेदिनीपुर, 26 अगस्त (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदा थाना अधिनस्थ साञ्यापाड़ामा राष्ट्रिय राजमार्ग र रेल पटरीबीच एकजना व्यक्तिको रगताम्मे शव भेटिएको घटनाले बुधवार बिहान क्षेत्रमा कोकोहोलो मचायो। स्थानीय मानिसहरूले बिहान उक्त शवलाई देखेपछि गाउँभरि हल्ला फैलियो। त्सपछि घटनास्थलमा मानिसहरूको भीड़ एकत्र भयो।

प्रारम्भिक जानकारी अनुसार राष्ट्रिय राजमार्ग र रेल पटरीको बीचको भागमा रहेको उक्त शव त्यहाँ कसरी पुग्यो, यसलाई लिएर रहस्य कायम छ। स्थानीय मानिसहरूको एक वर्गद्वारा व्यक्त प्रारम्भिक अनुमान अनुसार सम्भवतः कसैले हत्या गरेर शवलाई राती अँध्यारोमा यहाँ फाल्यो होला। तथापि अनुमानको पुष्टि भएको छैन।

घटनाको सूचना पाएपछि बेलदा थानाको पुलिस र रेल पुलिस घटनास्थलमा पुग्यो। शवलाई जफत गरी पोस्टमर्टम गर्नको लागि पठाउने प्रक्रिया शुरू गरएको छ। पुलिस सूत्रानुसार मृत्युको वास्तविक कारण पोस्टमर्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनेछ।

पुलिस यो पत्तो लगाउन जुटेको छ, व्यक्तिको मृत्यु कुन परिस्थितिमा भएको हो र उसको शव यहाँ कसरी आइपुग्यो। मृतकको पहिचान खोलाउने प्रयास पनि पुलिसले गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande