जोरहाटमा पिस्तोलसितै ड्रग्स तस्कर पक्राउ
जोरहाटमा पिस्तोलसितै ड्रग्स तस्कर पक्राउ


जोरहाट (असम), 26 अगस्त (हि.स.)। असमको जोरहाटमा पुलिसले ड्रग्स तस्करी गरेको आरोपमा आजादुर रहमानलाई पिस्तोलसितै पक्राउ गऱ्यो। पुलिसले आज बतायो, कारबाहीमा उबाट एउटा आइफोन 17 र रोयल इनफिल्ड हन्टर 350 मोटरसाइकल पनि जफत गरियो।

पुलिसले बताए अनुसार आजादुर रहमान जोरहाटको सिनामारा क्षेत्रको रूपनगरमा भाड़ाको घरमा बस्दै आएको थियो। मामिलामा पुलिसले अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande