मणिपुरमा यूजीपीकेका 6 जना क्याडर समातिए, हतियार र गोला-बारूद जफत
मणिपुरमा यूजीपीकेका 6 जना क्याडर समातिए, हतियार र गोला-बारूद जफत


इम्फाल, 26 अगस्त (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले गए 25 अगस्तको दिन अलग-अलग स्थानहरूमा अभियान सञ्चालन गरी यूनाइटेड पीपुल्स पार्टी अफ कङ्गलैपाक (यूपीपीके)-का 6 जना क्याडरहरूलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूको कब्जाबाट सङ्गठनसित सम्बन्धित दस्तावेज, सञ्चार उपकरण तथा वाहन जफत गरियो।

स्पेशल सीडीओको टीमले मणिपुरका विभिन्न भागहरूबाट एलाङ्गबाम रबीकुमार सिंह (24), वाइखोम अरुण सिंह (20), अहोङ्गशाङ्गबाम अविनाश सिंह उपनाम एण्डी (26), एकजना नाबालिक, एलाङ्गबाम अलेक्जेण्डर सिंह (21) औ फुरित्शाबाम कोइरेङ्ग सिंह (51)-लाई पक्राउ गऱ्यो।

यिनीहरूको कब्जाबाट यूपीपीकेको 23 लेटरहेड, एउटा बाओफेङ्ग ह्याण्डहेल्ड वायरलेस सेट, एउटा सिल्वर रङ्गको कार (एमएन01 सीएस-2622) र एउटा प्लेजर दुइचक्के वाहन (एमएन06 एसई-7395) जफत गरियो। अधिकारीहर अनुसार पक्रा पर्ने आरोपीहरूले अपहरण, बलजफ्ती असुली एवं धम्की दिएको जस्ता गतिविधिहरूमा आफ्नो संलिप्ततालाई स्वीकार गरेका छन्।

यसै दिन सेनापति जिल्लाको ताफौ कुकी र ताफौ लियाङ्गमईमा मणिपुर पुलिस, सीआरपीएफको कोबरा बटालियन र महिला बटालियनको संयुक्त टीमले घेराबन्दी एवं खोजी अभियानमा दुई वटा एसबीबीएल बन्दुक, 12-बोरको 78 वटा जिउँदो कारतूस, 11 खाली 12-बोर कारतूस, एके-47 र .22 क्यालिबरको खाली कारतूस, एउटा 12-बोर कारतूस बेल्ट, एउटा चार्जर सेट, पाँच वटा वाहन नम्बर प्लेट औ एउटा खाली स्टील सैन्य-उपयोगी गोला-बारूद कन्टेनर जफत गरियो।

सुरक्षा बलहरूले अभियानको क्रममा तीन वटा बङ्करलाई पनि नष्ट गरिदिए जसमा दुई वटा बङ्कर ताफौं कुकी र एउटा ताफौं लियाङ्गमईमा थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande