
कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। कोलकाताको दमदमस्थित गणेश पूजा उत्सवमा बितेको मङ्गलवार अबेर राती प्रसिद्ध अधिवक्ता नाजिया इलाही खान सामेल भइन्। उनी राती लगभग 12:45 बजे पूजा समारोहमा पुगिन्। मुक्ताराम बाबू स्ट्रीट सङ्घद्वारा आयोजित गणेश पूजा उत्सवमा उनले भगवान गणेशको वन्दना गरिन् अनि मञ्चमा उपस्थित मानिसहरूलाई सम्बोधन गरिन्।
आफ्नो सम्बोधनमा नाजिया इलाही खानले भनिन्, पूजा स्वादिष्ट खानपान र नयाँ कपड़ा लगाउनुसम्म मात्र सीमित हुँदैन। धार्मिक आयोजनहरूको माध्यमबाट समाज र संस्कृतिले पनि ऊर्जा पाउँछ। उनले भनिन्, पूजाको मञ्च पवित्र हुनुपर्छ भने मञ्चको पवित्रता कायम राख्ने दायित्व पूजा आयोजकहरूको हो।
उनले पश्चिम बङ्गालमा ‘जेहाद’, ‘जेहादी मानसिकता’ औ ‘जेहादी मानिसहरू’-देखि टाड़ा बस्ने कुरा गर्दै अझ भनिन्, पश्चिम बङ्गाल यस्तो मानसिकतादेखि जति टाड़ा बस्यो, त्यति नै फल्नेछ-फुल्नेछ र अगाड़ि बढ़्नेछ।
आफ्नो भाषणमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विकसित भारत’- सङ्कल्पको उल्लेख गर्दै भनिन्, राज्यको विकासको लागि यस्तो मानसिकतादेखि टाड़ा बस्न आवश्यक छ। उनले पश्चिम बङ्गालको परिवर्तनशील राजनीतिक-सामाजिक माहोलको उल्लेख गर्दै भनिन्, राज्य अब ‘भगवा’, ‘रामनाथ’ औ ‘महादेवको स्थान’ बनिसकेको छ।
सम्बोधनको क्रममा नायिजा इलाही खानले मञ्चबाटै उपस्थित मानिसहरूसित ‘जय श्री राम’- को नारे पनि लगाइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा