वेतन वृद्धिको मागमा सीआईटीयूले सिलगढ़ी नगरनिगममा गऱ्यो प्रदर्शन
वेतन वृद्धिको मागमा सीआईटीयूले सिलगढ़ी नगरनिगममा गऱ्यो प्रदर्शन


सिलगढ़ी, 17 सेप्टेम्बर (हि.स.)। वेतन वृद्धि तथा समयमा वेतन भुक्तान गर्ने मागमा सेन्टर अफ इण्डियन ट्रेड यूनियन (सीआईटीयू) दार्जीलिङ जिल्ला कममिटीले बिहीवार सिलगढ़ी नगरनिगमको विरोधमा प्रदर्शन गऱ्यो। सीआईटीयू नेताहरूसित ‘निर्मल बन्धु’ परियोजनाका अस्थायी सफाईकर्मीहरूले नगरनिगम कार्यालयमा पुगेर आफ्नो माग राखेका छन्।

प्रदर्शनकारीहरूले आरोप लगाए, उनीहरूले वर्षको लगभग 365 दिन काम गर्छन्, तर निर्धारित समयमा उनीहरूले वेतन पाउँदैनन्। लामो समयदेखिको एउटै वेतनमा काम गरे पनि वेतन अहिलेसम्म बढ़ेको छैन। प्रदर्शनकारीहरूले सबै अस्थायी सफाई कर्मचारीहरूको वेतनमा तत्काल वृद्धि तथा समयमै वेतन दिने माग गरे।

सीआईटीयूद्वारा चेताउनी दिइयो, यदि उनीहरूको मागलाई चाँड़ै पूरा नगरे आगामी दुर्गा पूजापूर्व आन्दोलनलाई अझ व्यापक गरिनेछ। सङ्गठनले आवश्यकता परे हड़तालसम्म गर्ने च्ताउनी दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande