नेपाली सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटको गाडीबाट चार पेस्तोल बरामद
नेपाल में भारतीय गाड़ी बरामद हथियार


काठमाडौं, १७ सेप्टेम्बर (हि.स.)। सशस्त्र पुलिस बलको गुप्तचर ब्युरोको टोलीले बुधबार राति पर्सा जिल्लाको वीरगञ्जस्थित वास्तुविहार चोकबाट भारतीय नम्बर प्लेट भएको एउटा गाडीबाट चारवटा पेस्तोल बरामद गरेको छ।

सशस्त्र पुलिसका अनुसार, बरामद हतियारमा दुईवटा सिक्सर र दुईवटा कटुवा (कट्टा) पेस्तोल रहेका छन्। शंकास्पद अवस्थामा सडक किनारमा पार्किङ गरिएको गाडी जाँच गर्ने क्रममा ती हतियार बरामद भएका हुन्। गाडीबाट एसएलआरका छ राउन्ड गोलीसमेत फेला परेको पुलिसले जनाएको छ।

सशस्त्र पुलिसले बरामद पेस्तोल, गाडी र गोली थप जॉंचका लागि स्थानीय पुलिसलाई बुझाएको जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande