हावामा गोली चलाएको आरोपमा दुई जना पक्राउ
प्रतीकात्मक छवि


नोएडा, १८ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको नोएडास्थित जारचा थाना पुलिसले रानौली लतीफपुर गाउँमा भएको हवाई फायरिङको घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। पुलिसले उनीहरूदेखि एउटा देशी कट्टा, गोली, चक्कु तथा स्कर्पियो गाड़ी जफत गरेको छ। जफत गाड़ी पुलिसले कब्जामा लिएको छ।

जारचा थाना प्रभारी निरीक्षक कैलाश नाथ अनुसार, बिहिवार सामाजिक सञ्जालमा एउटा भीडियो भाइरल भएको थियो, जसमा गत १५ सेप्टेम्बरमा रानौली लतीफपुर गाउँमा हवाई फायरिङ गरिएको देखिएको थियो।

घटनाको अनुसन्धानका क्रममा पुलिसले हवाई फायरिङमा संलग्न व्यक्ति सलारपुर गाउँन जिकै स्कर्पियो गाड़ीमा जाँदै गरेको सूचना पाएपछि तत्काल कारबाही गरेको थियो। पुलिसले गाड़ी रोकेर तलासी लिँदा देशी कट्टा, गोली र चक्कु जफत गरेको जनाएको छ।

पुलिस अनुसार, गाड़ी चालक सचिन कुमार र उसका साथी सुबे बंसलसँग सोधपुछ गर्दा उनीहरूले १५ सेप्टेम्बरमा रानौली लतीफपुर गाउँमा हवाई फायरिङ गरेको स्वीकार गरेका छन्। दुवैलाई आज अदालतमा पेश गराउने तयारी भइरहेको पुलिसले जानकारी गराएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande