चार दिनअघि पक्रा परेका तीन ओभरग्राउन्ड कामदारको लश्कर-ए-तैयबासँग जोड़िएको खुलासा
चार दिनअघि पक्रा परेका तीन ओभरग्राउन्ड कामदारको लश्कर-ए-तैयबासँग जोड़िएको खुलासा


राजौरी, १८ सेप्टेम्बर (हि.स.)। जम्मू-कश्मीरको राजौरी पुलिसले चार दिनअघि पक्रा गरेका तीन जना आतङ्की सहयोगी प्रतिबन्धित आतङ्कवादी संगठन लस्कर-ए-तैयबासँग जोड़िएको जनाएको छ। उनीहरूले आतङ्कीहरूलाई आश्रय दिनुका साथै एक स्थानबाट अर्को स्थानसम्म पुग्न सहयोग गर्ने गरेको पुलिसको आरोप छ।

पुलिस अनुसार, उनीहरूको गतिविधि केही वर्षदेखि जारी रहेको थियो र जम्मू क्षेत्रको राजौरी-रियासीदेखि दक्षिण कश्मीरको शोपियाँ जिल्लासम्म विभिन्न आतङ्कवादी समूहका सदस्यहरूको आवागमनमा सहयोग गरेको आरोप उनीहरूमाथि छ। राजौरीको कोट चरवाल गाउँका मोहम्मद आजम, जाकिर हुसैन र मोहम्मद मुश्ताकलाई १४ सेप्टेम्बरमा लस्कर-ए-तैयबासँग जोड़िएको सहयोगी सञ्जालको पर्दाफासपछि पक्राउ गरिएको थियो।

पुलिस प्रवक्ता अनुसार, अनुसन्धानका क्रममा साल २०२३ मा रियासी जिल्लाको चासानामा भएको भिड़न्तमा मारिएका आतङ्कीहरूलाई सहयोग, आश्रय तथा आवागमनमा सहजीकरण गरेको आरोपमा उनीहरूको कथित संलग्नता पनि खुलेको छ।

पुलिसले उनीहरू पक्रा परेको केही समयपछि उनीहरूले दिएको सूचनाका आधारमा गाउँनजिकैको जङ्गलबाट शक्तिशाली विस्फोटक उपकरण जफत गरेको जनाएको छ। बिहिवार उनीहरूले दिएको सूचनाकै आधारमा उनीहरूको ठेगानाबाट एउटा पेस्तोल, म्यागजिन, गोली तथा दुई वटा चिनियाँ ग्रेनेड जफत गरिएको पुलिसले बताएको छ।

पुलिस प्रवक्ता अनुसार, उनीहरूले आतङ्कीहरूको आवागमनमा मार्गदर्शकका रूपमा काम गर्नुका साथै हालै राजौरी जिल्लामा भएका केही चर्चित आक्रमणसँग जोड़िएका आतङ्कीहरूलाई स्थलस्तरमा सहयोग गरेको आशङ्का गरिएको छ। जफत हतियार तथा विस्फोटक सामग्री आरोपीहरूलाई सुरक्षित राख्न र सम्भावित आक्रमणमा प्रयोग गर्नका लागि दिइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पुलिसले बताएको छ।

पुलिसले सम्पूर्ण सञ्जालको पर्दाफास, थप सहयोगीहरूको पहिचान तथा पक्रा परेकाहरूको संलग्नताको पूर्ण दायरा पत्ता लगाउन अनुसन्धान जारी रहेको जानकारी गराएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande