तृणमूल कांग्रेसको चुनाउ चिह्न फ्रीज गर्ने निर्णयबारे राहुल गान्धीले निर्वाचन आयोगमाथि प्रश्न उठाए
कांग्रेस के पूर्व अध्यक्ष और लोकसभा में नेता प्रतिपक्ष राहुल गांधी (फाइल फोटो)।


नयाँ दिल्ली, १८ सेप्टेम्बर (हि.स.)। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले तृणमूल कांग्रेसको नाम र चुनाउ चिह्न प्रयोगमा रोक लगाउने निर्वाचन आयोगको निर्णयको आलोचना गर्दै भाजपा र निर्वाचन आयोगले मिलेर विपक्षी दललाई कमजोर पारिरहेको आरोप लगाएका छन्। उनले यो लडाइँ ममता ब्यानर्जीको मात्र नभई स्वतन्त्र तथा निष्पक्ष निर्वाचन चाहने प्रत्येक राजनीतिक दल र मतदाताको भएको बताएका छन्।

राहुल गान्धीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै पहिले शिवसेना, त्यसपछि राष्ट्रवादी कांग्रेस पार्टी र अहिले तृणमूल कांग्रेससँग पनि यस्तै व्यवहार भएको दाबी गरेका छन्। उनले हरेकपटक एउटै ढाँचा दोहोरिएको आरोप लगाउँदै पहिले पार्टी विभाजन गरिने र त्यसपछि त्यसको चुनाउ चिह्न खोसिने गरिएको बताएका छन्।

निर्वाचन आयोगको संवैधानिक जिम्मेवारी जनादेशको संरक्षण गर्नु भए पनि आयोगले जनताको निर्णय परिवर्तन गर्न चाहने शक्तिलाई सहयोग गरिरहेको आरोप राहुल गान्धीले लगाएका छन्।

यसअघि कांग्रेसका महासचिव केसी वेणुगोपालले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत निर्वाचन आयोगको निर्णयको आलोचना गर्दै विपक्षी दलविरुद्ध कारबाही गरेर आयोगले लोकतन्त्रलाई कमजोर बनाइरहेको आरोप लगाएका थिए।

कांग्रेसको सञ्चार तथा प्रचार विभागका अध्यक्ष पवन खेडाले पनि निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठाएका छन्। उनले तृणमूल कांग्रेसको चुनाउ चिह्न फ्रीज गर्नु न्याय नभई आयोग आफ्नो संवैधानिक जिम्मेवारीबाट पछि हटेको बताएका छन्। पार्टीको बागी समूहको कुनै संवैधानिक आधार नभएकाले चुनाउ चिह्नमाथि उसको वैध दाबी नबन्ने उनको भनाइ थियो।

उल्लेखनीय छ, निर्वाचन आयोगले तृणमूल कांग्रेसको ‘घाँस र दुई फूल’ चुनाउ चिह्न र पार्टीको नाम प्रयोगमा अन्तरिम रोक लगाएको छ। आयोगले दुवै गुटलाई नयाँ नाम र चुनाउ चिह्नका तीन-तीन विकल्प शुक्रबार बिहानसम्म बुझाउन निर्देशन दिएको थियो। पश्चिम बंगालका नन्दीग्राम र रेजीनगर विधानसभा क्षेत्रमा ६ अक्टोबरमा उपचुनाउ हुँदैछ। उक्त निर्वाचनमा दुवै गुटले एउटै चुनाउ चिह्न प्रयोग गर्दै उम्मेदवार खडा गरेका थिए।

पश्चिम बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसको पराजयपछि बागी विधायक तथा नेताहरूले पार्टी छाड्ने क्रम शुरु भएको दाबी गरिएको छ। जून महिनामा तृणमूल कांग्रेसका ५८ विधायकले विधानसभामा छुट्टै बैठक गरेको तथा त्यसपछि बागी गुटले नयाँ पार्टी गठनको दाबी गरेको घटनासमेत सार्वजनिक भएको थियो।

त्यसपछि जुलाईमा बागी गुटले निर्वाचन आयोगसँग नयाँ पार्टीको नाम, चुनाउ चिह्न तथा झण्डा माग गरेको थियो। यही विवादबीच निर्वाचन आयोगले तृणमूल कांग्रेसको नाम तथा ‘घाँस र दुई फूल’ चुनाउ चिह्न प्रयोगमा रोक लगाउँदै दुवै गुटलाई नयाँ नाम र चुनाव चिह्नका विकल्प बुझाउन निर्देशन दिएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande