
बाक्सा (असम), 18 सेप्टेम्बर (हि.स.)। बाक्सा वन मण्डलको कुमारिकाटा रेञ्ज अन्तर्गत 1 नम्बर दरङ्गापार गाउँ निकट धानको खेतमा शुक्रवार बिहान सवेरै 2 बजे लगभग तीन वर्षीय हात्तीको शव भेटियो।
घटनाको सूचना पाएर वन विभागको टीम घटनास्थलमा पुग्यो अनि निर्धारित प्रक्रिया अनुसार आवश्यक कारबाही शुरू गऱ्यो। हात्तीको मृत्युको कारण पत्तो लगाउन अनि अन्य आवश्यक औपचारिकताहरूलाई पूरा गर्ने प्रक्रिया भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा