पिउने पानीले भरिएको ट्रक अनियन्त्रित भएर तलाउमा पल्टियो, चालक बेपत्ता
पिउने पानीले भरिएको ट्रक अनियन्त्रित भएर तलाउमा पल्टियो, चालक बेपत्ता


कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगनाको डायमण्ड हार्बर थाना अधिनस्थ नेतड़ा कमालपुरको नेतड़ा-हटुगञ्ज रोडमा शुक्रवार बिहान सवेरै एउटा ठूलो सड़क दुर्घटना भयो। पिउने पानीले भरिएको एउटा ट्रक अचानक अनियन्त्रित भएर सड़क किनारमा खड़ा एउटा निजीकारलाई ठक्कर दिँदै तलाउमा पुगेर पल्टियो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो।

स्थानीय मानिसहरू अनुसार बिहान सवेरै पिउने पानी लादिएको ट्रक नेतड़ा- हटुगञ्ज भएर गुज्रिरहेको थियो। यसै अवधि अचानक चालकले वाहनमाथि आफ्नो नियन्त्रण गुमायो। ट्रक सड़क किनारमा कड़ा निजी कारसित ठोक्किँदै तलाउमा पुगेर पल्टियो। दुर्घटनापछि ट्रक चालक कहाँ गए, अहिलेसम्म पत्तो लाग्न सकेको छैन। चालक ट्रकभित्रै फसेको छ कि पानीभित्र पसेको छ अथवा दुर्घटनापछि घटनास्थलबाट भाग्यो, अहिलेसम्म थाहा लाग्न सकेको छैन।

सूचना पाएर घटनास्थलमा पुगेको डायमण्ड हार्बर थानाको पुलिसले चालकको खोजीमा पानी तथा पानीभित्र अभियान शुरू गऱ्यो। साथै तलाउमा पल्टिएको ट्रकलाई बाहिर निकाल्ने प्रयास गरिँदैछ। पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande