
कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको गढ़बेता थानामा तृणमूल कङ्ग्रेस सांसद अभिषेक ब्यानर्जीका निजी सहायक सुमित राय समेत तीन जना मानिसहरूविरूद्ध सरकारी नोकरी दिलाउने नाममा कथित वित्तीय लेन-देन गरेको आरोपमा प्राथमिकी दर्ता गरिएको छ। आरोप छ, लगभग 90 जना उम्मेद्वारहरूबाट अलग-अलग चरणहरूमा 67 लाख रुपियाँ लिइएको छ। यो सिकायत एकजना यस्तो व्यक्तिले गरेको छ जसले आफूलाई तृणमूल कार्यकर्ता बताएको छ।
सिकायत अनुसार शुरुमा प्रत्येक नोकरीको लागि केही लाख रुपियाँ माग गरिएको थियो। त्यसपछि एजेन्टहरूको माध्यमबाट उम्मेद्वाहरूसित सम्पर्क गरियो अनि पहिलो किस्ताको राशि लिइयो। पछि नोकरी दिलाउने आश्वासन दिएर अतिरिक्त धनराशि माग गरियो। आरोप छ, उम्मेद्वारहरूलाई कोलकातामा बोलाइयो जहाँ दक्षिण कोलकाताको लेक रोडस्थित एउटा क्याफेमा सुमित रायसित उनीहरूको भेट भयो। सिकायतमा दाबी गरिएको छ, त्यहाँ पनि उम्मेद्वारहरूबाट नगद राशि लिइयो।
सिकायत मुताविक अलग-अलग चरणहरूमा 67 लाख रुपियाँको लेन-देन भएको आरोप छ। उम्मेद्वारहरूलाई ओएमआर शीट दिएर त्यसलाई भरेर जमा गर्न भनियो। त्यसपछि उनीहरूको चिकित्सा परीक्षण गराइएको दाबी गरियो। नोकरी पाउने आशमा उम्मेद्वारहरू यी सम्पूर्ण प्रक्रियामा सामेल भएका थिए। तथापी यी उम्मेद्वारहरूको वास्तवमै सरकारी नोकरीमा नियुक्ति भयो कि भएन तथा लेनदेनमा अन्य को-को सामेल छन्, यसको पुष्टि अहिले जाँचको विषय भएको छ।
सुमित राय हाल पश्चिम मेदिनीपुरको शालबनीमा भएको जमीनकाण्डको जाँचको सिलसिलामा सीआईडीको हिरासतमा छन्। उनलाई गत 10 सेप्टेम्बरमा पक्राउ गरिएको थियो भने दोस्रो दिन नै अदालतले उनलाई आठ दिनको पुलिस हिरासतमा पठाएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा