चुनाउ आयोगको फसेलालाई लिएर नेता प्रतिपक्ष ऋतब्रत ब्यानर्जीको प्रतिक्रिया: 'लोकतन्त्रमा वंशवादको निम्ति कुनै ठाउँ छैन
चुनाउ आयोगको फसेलालाई लिएर नेता प्रतिपक्ष ऋतब्रत ब्यानर्जीको प्रतिक्रिया: 'लोकतन्त्रमा वंशवादको निम्ति कुनै ठाउँ छैन


कोलकाता, 18 सेप्टेम्बर (हि.स.)। तृणमूल कङ्ग्रेसको नाम र उसको चुनाउ चिन्हमाथि भारत निर्वाचन आयोगद्वारा लगाइएको अन्तरिम रोकको सन्दर्भमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै पश्चिम बङ्गाल विधानसभामा नेता प्रतिपक्ष ऋतब्रत ब्यानर्जीले भने, आयोगको यस आदेशले स्पष्ट पारेको छ कि कुनै पनि राजनीतिक दललाई निजी सम्पत्ति वा प्राइभेट लिमिटेड कम्पनीलाई जस्तो सञ्चालन गर्न सकिँदैन, न त त्यसलाई पारिवारिक धरोहरको रूपमा सुम्पिन सकिन्छ।

पार्टी प्रतीकलाई लिएर शुरू भएको विवादमाथि बोल्दै ब्यानर्जीले भने, निर्वाचन आयोगको यो निर्णय पार्टी नेताहरूको लागि अत्यन्त अप्रत्याशित रह्यो। उनले भने, विमानबाट उत्रिनसाथ हामीलाई सूचना प्राप्त भयो कि पार्टीको नाम र चुनाउ चिन्ह दुवैलाई फ्रीज गरिएको छ। तथापि एउटा कुरा पूर्ण रूपले स्पष्ट छ कि कुनै पनि लोकतन्त्रभित्र तानाशाहीको लागि कुनै ठाउँ हुन सक्दैन।

ऋतब्रत ब्यानर्जीले आयोगको अन्तरिम आदेशलाई राजनीतिक दलहरूको स्वामित्व र नियन्त्रणको व्यापक बहससित जोड़े। उनले भने, पार्टीको नाम र निशानलाई लिएर जसले न्यारेटिभ बनाइरहेको थियो, त्यसमाथि आयोगको यस आदेशले यो साबित गरिदिएको छ कि वंशवादी राजनीतिको समय अब चल्न सक्दैन। एउटा राजनीतिक दल कुनै प्राइभेट लिमिटेड कम्पनी होइन, न त त्यसको कुनै पारिवारिक उत्तराधिकारी हुनसक्छ। यो कुरा आज पूर्ण रूपले सिद्ध भएको छ।

उल्लेखनीय छ, निर्वाचन आयोगले 'अल इण्डिया तृणमूल कङ्ग्रेस'- को नाम र चुनाउ चिन्ह प्रयोग गर्नमाथि रोक लगाउँदै दुवै विरोधी पक्षहरूलाई विवाद सुल्झाउञ्जेलसम्म वैकल्पिक नाम र प्रतीक चयन गर्ने निर्देश दिएको छ। आयोगको यो फसेला आगामी 6 अक्टोबरमा राज्यका नन्दीग्राम तथा रेजीनगर विधानसभा क्षेत्रमा हुन गइरहेको उपचुनाउलाई केन्द्र गरेर लइएको हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande