
गुवाहाटी, 18 सेप्टेम्बर (हि.स.)। गुवाहाटीमा नक्कली नोटहरूविरूद्ध कारबाही गर्दै काहिलीपाड़ा पुलिसले दक्षिण गाउँ क्षेत्रमा गए अबेर राती अभियान सञ्चालन गरी कथित नक्कली नोटका दुई जना तस्करहरूलाई पक्राउ गऱ्यो।
पुलिसले गुप्त सूचनाको आधारमा दक्षिण गाउँमा अभियान सञ्चालन गऱेको थियो भने यस अवधि दुई जना आरोपीहरूलाई पक्राउ गऱ्यो। आरोपीहरूको कब्जाबाट प्रचुर मात्रामा नक्कली नोटहरू जफत गरियो।
पुलिसले नक्कली नोटहरूको श्रोत र त्यसको गन्तव्य बारे पत्तो लगाउनको लागि जाँच शुरू गरेको छ। जफत गरिएका नक्कली नोटहरूको सङ्ख्या र मूल्यको बारेमा अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
पुलिसले मामिलामा दुवै आरोपीहरूसित जाँचबुझ गरी नक्कली नोटहरूको नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको पत्तो लगाउने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा