
जम्मू, 18 सेप्टेम्बर (हि.स.)। जम्मूको रूप नगरमा गए अबेर राती जन्म दिनको पार्टीमा साथी-साथीमा भएको झड़पमा एकजना युवकको मृत्यु भयो।
प्राप्त जानकारी अनुसार गए बिहीवार-शुक्रवारको राती जीएमसी जम्मू पुलिस चौकीले जानीपुर थानालाई सूचना दियो, पवन नायर उपनाम समीर नामक एकजना व्यक्तिलाई उसका साथीहरू क्रमैले जोन सोट्रा, गौरव सिंह र सुगन्ध भट्टीले घाइते अवस्थामा जीएमसी जम्मूमा ल्याएका छन् जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। सूचना पाए लगत्तै जानीपुर थानाको पुलिस टीमले जीएमसी जम्मूमा पुगेर जाँच गर्न शुरू गऱ्यो।
शुरुआती जाँचमा थाहा लाग्यो, गए 17 सेप्टेम्बरको राती नीरज उपनाम अंशु लोअरले रूप नगर निकट सड़क किनारमा आफ्नो जन्मदिन मनाइरहेका थिए जहाँ उसका साथीहरू क्रमशः जोन सोट्रा, गौरव सिंह, सुगन्ध भट्टी र पवन नायर उपनाम समीर सामेल भएका थिए। नीरजसितउसकोभाइरिशुपनिथियो। केक काट्ने क्रममा मृतक पवन नायर उपनाम समीरले नीरजको अनुहारमा केक लगाइदियो जसले गर्दा दुईबीच बहस भयो।
जोन, गौरव र सुगन्धले उनीहरूलाई सम्झाउने प्रयास गर्दा नीरज उग्र भए। यतिकैमा उसले आफूसित रहेको खुकुरी निकालेर पवन नायर उपनाम समीरको गर्दनमा प्रहार गरे जसले गर्दा पवन चोटिल भएर मुर्छित परे। त्यसपछि घाइते अवस्थामा पवनलाई साथीहरूले तुरून्तै जीएमसी जम्मूमा पुऱ्याए जहाँ उसलाई मृत घोषित गरियो।
घटनाको संज्ञान लिँदै जानीपुर थानामा बीएन एसको धारा 103(1) अन्तर्गत एफआईआर दर्ता गरिएको छ। अग्रिम जाँच शुरू गरिएको छ। तत्काल कारबाही गर्दै दुवै आरोपी नीरज र उसको बाइ रिशुलाई पक्राउ गरिएको छ। जसलाई जानीपुर थानामा पुलिस हिरासतमा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा