सिटोङमा बार्बेक्यूको आगोमा जलेर नवविवाहिता घाइते, जाँचमा जुट्यो पुलिस
सिटोङमा बार्बेक्यूको आगोमा जलेर नवविवाहिता घाइते, जाँचमा जुट्यो पुलिस


दार्जिलिङ, 18 सेप्टेम्बर (हि.स.)। दार्जिलिङको सिटोङ्मा हनिमून मनाउन आएकी नवविवाहिता निकाता साहा बार्बेक्यूको आगोमा जलेर घाइते भएकी छन्। उनलाई उपचारको निम्ति सिलगढ़ीको एक निजी अस्पतालमा भर्ती गरिएको छ।

अस्पताल सूत्र मुताविक निकिताको शरीरको लगभग 50 प्रतिशत भाग जलेको भने अधिकांश चोट शहीरको माथिल्लो भागमा लागेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्राप्त जानकारी अनुसार उत्तर दिनाजपुरको चोपड़ा निवासी समीर दासको केही दिनअघि निकिता साहासित विवाह भएको थियो। विवाहपछि दुवै हनिमूनका लागि सिटोङमा आएका थिए जहाँ उनीहरू एउटा होमस्टेमा बसेका थिए। त्यहाँ बार्बेक्यूको आयोजन गरिएको थियो। यसै अवधि अचानक आगो भड़्कियो जसको चपेटमा परी निकिता घाइते भइन्। घाइते निकितालाई पहिला स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँबाट उनको गम्भीर स्थितिलाई केन्द्र गर्दै सिलगढ़ीको एक निजी अस्पतालमा रेफर गरियो।

घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। फुटेजमा नवविवाहित दम्पत्तिलाी होमस्टेको बालकनीमा बार्बेक्यू अगाड़ि बसिरहेको देख्न सकिन्छ। उनीहरूको अगाड़ि बसिरहेका एकजना व्यक्तिलाई बार्बेक्यूमा केही हाल्दै गरेको देखिएको छ। त्यसको तुरून्तैपछि आगो तीव्र गतिमा भड़्केर निकिताको कपड़ार शरीरमा लागेको छ।

घटनापछि प्रश्न उठिरहेको छ कि बार्बेक्यूमा यस्तो के हालियो जसबाट अचानक आगो यस्तो द्रूत गतिमा भड़्कियो। तथापि यस सम्बन्धमा अहिले कुनै आधिकारिक निष्कर्षको खुलासा भएको छैन।

दार्जिलिङका पुलिस अधीक्षक वाई. श्रीकान्त जगन्नाथरावले बताए, मामिलामा एफआईआ दर्ता गरी जाँच शुरू गरिएको छ। जाँंच पूरा हुनअघि घटनाको कारण बारे केही भन्न सम्भव छैन।

हिमालयन हस्पिट्यालिटी एण्ड टूरिज्म डेभलपमेन्ट नेटवर्कका सचिव तन्मय गोस्वामी अनुसार बार्बेक्यूमा घिउ हाल्दा यो दुर्घटना भएको हो। तथापि घटनाको वास्तविक कारण पुलिस जाँचपछि नै स्पष्ट हुनेछ। उनले पहाड़ी क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाी आगो र बार्बेक्यू जस्तो गतिविधिमा विशेष सतर्कता अप्नाउने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande