महाराष्ट्रको चौक-करजत रेलखण्ड दोहोरो बनाउने परियोजनालाई स्वीकृति, ४९७ करोड रुपियाँ खर्च हुने
रेलवे


नयाँ दिल्ली, १८ सेप्टेम्बर (हि.स.)। भारतीय रेलले महाराष्ट्रमा मध्य रेलअन्तर्गत चौक-करजत रेलखण्डलाई दोहोरो बनाउने परियोजनालाई स्वीकृति दिएको छ। १०.८६ किलोमिटर लामो उक्त परियोजनामा ४९७ करोड रुपियाँ खर्च हुने जनाइएको छ।

रेल मन्त्रालयका अनुसार, चौक-करजत रेलखण्ड पनवेल-चौक-करजत मार्गको हिस्सा हो। यात्रु तथा मालवाहक दुवै रेल सेवाका लागि यो महत्वपूर्ण मार्ग मानिन्छ। रेलखण्ड दोहोरो बनेपछि हाल सञ्चालनमा रहेको एकल रेलमार्गको क्षमता वृद्धि हुनुका साथै रेल सञ्चालन थप सहज हुने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार, रेल सञ्जालको क्षमता विस्तार गर्ने उद्देश्यले सञ्चालन भइरहेका रेलमार्ग दोहोरो, तेहरो तथा चौहोरो बनाउने, आकाशे पुल र वैकल्पिक मार्ग निर्माणसम्बन्धी कार्यअन्तर्गत यो परियोजना स्वीकृत गरिएको हो।

परियोजना पूरा भएपछि उक्त मार्गमा दैनिक दुवै दिशातर्फ थप पाँच-पाँच वटा यात्रुवाहक रेल सञ्चालन गर्न सकिने सुविधा उपलब्ध हुनेछ। साथै वार्षिक 18.35 मिलियन टन अतिरिक्त माल ढुवानी क्षमता विकास हुने जनाइएको छ।

यसबाट मालवाहक रेललाई बाटोमा रोकिनुपर्ने अवस्था तथा ढिलाइमा समेत कमी आउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande