‘सेवा सङ्कल्प’ अभियान अन्तर्गत बागडोगरा एयरपोर्टमा स्वच्छता अभियान एवं वृक्षारोपण
‘सेवा सङ्कल्प’ अभियान अन्तर्गत बागडोगरा एयरपोर्टमा स्वच्छता अभियान एवं वृक्षारोपण


सिलगढ़ी, 19 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा आयोजित ‘सेवा सङ्कल्प’ अभियान अन्तर्गत बागडोगरा एयरपोर्ट परिसरमा शनिवार स्वच्छता अभियान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पञ्चायत विभागीय राज्यमन्त्री शान्तनु प्रामाणिकले पनि सहभागिता जनाउँदै झाड़ुले बड़ारेर परिसरलाई सफा गरे। वित्त एवं परिवहन विभागका राज्य मन्त्री आनन्दमय बर्मनको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

पञ्चायत विभागका राज्य मन्त्री शान्तनु प्रामाणिकले भने, देशभरि नै स्वच्छ भारत अभियान सञ्चालन गरिँदैछ। प्रधानमन्त्रीको जन्मदिनको अवसरमा एक महिनाव्यापी ‘सेवा सङ्कल्प’ कार्यक्रममा स्वच्छतालाई विशेष महत्व दिइएको छ। यसै अन्तर्गत पञ्चायत एवं ग्रामीण विकास विभाग अनि एयरपोर्ट प्राधिकरणको संयुक्त प्रयासमा यो कार्यक्रम आयोजना गरिएको हो।

मन्त्रीले भने, आगामी दिनमा राज्यका सबै पञ्चायतहरूमा यसरी नै फोहोर प्रसंस्करण केन्द्र शुरू गर्ने योजना छ। त्यसपछि ठूल्ठूला शहरहरूमा पनि यस्तो व्यवस्था लागू गर्ने दिशामा काम गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande