लालगढ़ः वज्रपातमा घाइते भएकाहरूसित विधायक लक्ष्मीकान्त साहूले भेट गरी स्वास्थ्य बारे जानकारी लिए
लालगढ़ः वज्रपातमा घाइते भएकाहरूसित विधायक लक्ष्मीकान्त साहूले भेट गरी स्वास्थ्य बारे जानकारी लिए


मेदिनीपुर, 19 सेप्टेम्बर (हि.स.)। लालगढ़को कुमारबाँधमा वज्रपातको चपेटमा परी घाइते भएका मानिसहरूको स्वास्थ्य बारे जानकारी लिनका लागि शनिवार झाड़ग्रामका विधायक लक्ष्मीकान्त साहू मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पुगे। उनले अस्पतालमा भर्ती घाइते अनि उनीहरूको परिवारजनसित भेट गरे भने चिकित्सकहरूबाट उनीहरूको उपचार र स्वास्थ्य स्थिति बारे जानकारी लिए।

हिन्दुस्थान समाचार- सित फोनमा कुराकानी गर्दै विधायकले बताए, घाइतेहरूमा एकजना अवस्था गम्भीर छ भने अन्य सबैको स्थिति स्थिर छ। उनले भनिन्, घाइतेहरूको उपचारमाथि नजर राखिँदैछ। स्थानीय भाजपा नेता पनि अस्पतालमा उपस्थित रहेर उनीहरूका परिवारहरूलाई सहयोग गरिरहेका छन् ताकि उनीहरूलाई कुनै प्रकारको समस्या नहोस्।

उल्लेख्य, शुक्रवार अबेर साँझ विश्वकर्मा पूजाको अवसरमा कुमारबाँधमा आयोजित फुटबल प्रतियोगिता अवधि अचानक पानी परेर वज्रपात भएको थियोष यस घटनामा एकजना फुटबल खेलाड़ीको मृत्यु भयो भने अन्य 22 जना घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारको निम्ति मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा पठाइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande