हावड़ा-खड़गपुर शाखामा 28 सेप्टेम्बरदेखि 11 अक्टोबरसम्म ट्रेन परिचालन अनियमित रहने
हावड़ा-खड़गपुर शाखामा 28 सेप्टेम्बरदेखि 11 अक्टोबरसम्म ट्रेन परिचालन अनियमित रहने


कोलकाता, 19 सेप्टेम्बर (हि.स.)। चेङ्गाइल रेल यार्डमा रीमोडलिङ्ग कार्य भइरहेका कारण आगामी 28 सेप्टेम्बरदेखि 11 अक्टोबरसम्म हावड़ा-खड़गपुर शाखामा ट्रेन परिचालन प्रभावित रहनेछ।

रेलवेद्वारा जारी सूचना अनुसार चेङ्गाइल रेल यार्डको आधुनिकीकरणको निम्ति लोकल र एक्सप्रेस गरी जम्मा 51 वटा ट्रेनहरूलाई रद्द गरिएको छ।

रद्द गरिएका ट्रेनहरूमा हावड़ा-बरबिल एक्सप्रेस, हावड़ा-कान्ताबाँजी इस्पात एक्सप्रेस, कान्ताबाँजी-हावड़ा इस्पात एक्सप्रेस, जूनागढ़ रोड-हावड़ा इस्पात एक्सप्रेस, शालीमार-भोजुडिह-शालीमार एक्सप्रेस औ हावड़ा-दिघा एक्सप्रेस सामेल रहेका छन्।

आगामी 10 अक्टोबरमा हावड़ा-पुरी एक्सप्रेस, हावड़ा-जगदलपुर एक्सप्रेस, हावड़ा-चक्रधरपुर एक्सप्रेस तथा हावड़ा-बोकारो स्टील सिटी एक्सप्रेस पनि रद्द रहेनेछ भने 11 अक्टोबरमा सन्तरागाछी-पुरुलिया-हावड़ा एक्सप्रेसलाई रद्द गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande